हिन्दु धर्मबारे गलत प्रचार गरिरहेको भन्दै भारतीय नागरिक रामपाल स्वामीलाई कारबाही गर्न माग

काठमाडौँ – भारतीय नागरिक रामपाल स्वामीले धर्मबारे गलत प्रचार गरिरहेको भन्दै पूर्व सुरक्षाकर्मी परिषद् नेपालले विरोध गरेको छ। परिषद्ले विज्ञप्ति जारी गर्दै हत्या आरोपमा भारतीय जेलमा सजाय भोगिरहेका भारतीय नागरिक रामपाल स्वामी नामका व्यक्तिबाट विगत केही वर्षदेखि वैदिक सनातन हिन्दु शास्त्रहरुको गलत व्याख्या र गलत प्रचार गरिरहेकोमा ध्यानाकर्षण जनाएको छ। उनले वेद, पुराण, गीता, उपनिषद्, […]

सम्बन्धित सामग्री

उपप्रमुखको दोहोरो नागरिकता, कारबाही माग गर्दै उजुरी

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका उपप्रमुख मीराकुमारी यादवको दोहोरो नागरिकता रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उजुरी परेको छ। उपप्रमुख यादव भारतीय नागरिक रहेको र नेपालको नागरिकता किर्ते गरेर लिएको पाइएपछि उपप्रमुखविरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको हो।

मध्य भोटेकोशी आयोजनाका कामदार माथी कुटपिट

भदौ १३, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको चाकुमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको कामदार माथी कुटपिट भएको छ । आयोजनाको मेकानिकलसम्बन्धी कामको जिम्मा पाएको ठेकेदार कम्पनी एन्ड्रीड हाइड्रोका साइट इञ्चार्ज भारतीय नागरिक सुरेन्द्र दवाडीलाई स्थानीय युवाहरुको समूहले साइट अफिस बाह्रविसेको जम्बुमा कुटपिट गरेका हुन् । खाना खाइरहेको बेला अपहरण शैलीमा अन्यत्र लगेर १४/१५ जनाको समूहले दवाडीलाई निर्घात कुटपिट गरेको ठेकेदार कम्पनीले जानकारी दिएको छ । मध्य भोटेकोशीमा मेकानिकल कामको जिम्मा पाएपछि साइटमा बस्ने कर्मचारीहरुका लागि हाइड्रोले बा १४ च ९५८५ नम्बरको स्कारपियो शुरुदेखि नै सम्झौता गरेर भाडामा लगाएको थियो । तर स्थानीय युवाहरुले भने अन्य क्षेत्रको गाडी आफूहरुको स्थानमा भाडामा लगाउन नपाउने भन्दै गत वर्षदेखि नै हाइड्रोका कर्मचारीहरुलाई धम्की दिँदै आएको दवाडीले बताए । ‘हामीले खटाएअनुसारको काम गर्ने हो, तर यहाँका केही स्थानीय युवाहरुले हामीलाई धम्की दिने र कुटपिटमै उत्रनेजस्ता जघन्य काम गर्दै आईरहेका छन्’, दवाडीले भने ‘हामीलाई आयोजना र स्थानीय प्रशासनले सुरक्षा प्रदान नगर्ने हो भने अब काम गर्न सकिन्न ।’ कुटपिटबाट घाईते भएका साइट इञ्चार्ज दवाडी उपचारपछि फर्किएका छन् ।  आफ्ना कर्मचारी कुटपिट भएपछि भारतीय हाइड्रोका प्रमुखले ईलाका प्रहरी कार्यालय बाह्रविसेमा स्थानीय रोशन गोले, जीवन अधिकारी, सुवास राउत र कृष्ण रुम्बासहित नाम नखुलेका ८ जनाविरुद्ध उजुरी दर्ता गरेका छन् ।  ईलाका प्रहरी कार्यालय बाह्रविसेमा प्रहरी निरीक्षक देवेन्द्र शाहले कुटपिटमा संलग्नहरुको खोजी भइरहेको र कानूनअनुसार उनीहरुलाई कारवाही गरिने बताए । ‘महत्वको आयोजना निर्माण गरिरहेका कर्मचारीमाथि कुटपिट हुनु राम्रो होईन’, शाहले भने ‘उजुरी परेको छ, प्रहरीले कुटपिटमा संलग्नहरुलाई तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्छ ।’ दोलखामा समेत मेकानिकलसम्बन्धी काम यहीं हाइड्रोले पाएको थियो । माथिल्लो तामाकोशीमा शान्तिपूर्वक रुपमा काम गर्न पाए पनि मध्य भोटेकोशीमा भने आफूहरुलाई शुरुदेखि नै अवरोध हुँदै आएको ठेकेदार कम्पनीले गुनासो गरेको छ । ‘प्रहरीले सुरक्षा नदिने हो भने काम गर्न सकिँदैन’ भारतीय ठकेदार कम्पनीका प्रमुखले भने ।  मध्यभोटेकोशी जलविद्युत् आयोजनाले ‘लट टु’ को कामका लागि उक्त ठेकेदार कम्पनीलाई साढे २ अर्बमा ठेक्का दिएको थियो । मध्यभोटेकोशी जलविद्युत् आयोजनाले भने घटना सामान्य भएको प्रतिक्रिया दिएको छ । आयोजना प्रमुख सूर्यनाथ भुर्तेलले सिन्धुपाल्चोकमा यस्ता घटना आफूहरुलाई सामान्य लाग्न थालेको बताए ।  ‘यहाँ यस्ता घटना भईरहेका हुन्छन्, हामीले यो घटनाको अध्ययन गरिरहेका छौं’, उनले भने ‘दोषीलाई प्रशासनले तत्काल कारबाही गर्नुपर्छ र अब यस्ता घटना नदोहोरियोस् भन्नको लागि स्थानीय सरकार एवम् सुरक्षा निकाय गम्भीर बन्नुपर्छ ।’  गत वर्ष पनि हाइड्रोमा कार्यरत भारतीय नागरिक राहुललाई त्यही समूहले कुटपिटको प्रयास गरेको ठेकेदार कम्पनीले जानकारी दिएको छ । ‘लट वान’ अन्तर्गत सिभिलको काम गरिरहेको चिनियाँ कम्पनीका दोभासे गोविन्द पौडेल समेतको मिलेमतोमा इन्डीयन हाइड्रोका कर्मचारीलाई कुटिएको थियो ।  दोभासे गोविन्दले चिनियाँ ठेकेदार कम्पनीसँग करोडौं रुपैयाँ आयोजनाको कर्मचारीहरुलाई दिनुपर्छ भन्दै रकम माग गरिएको अडियो गत वर्ष सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि तत्कालीन आयोजना प्रमुख मणिकुमार काफ्लेलगायतलाई अख्तिायरले छानबिनको घेरामा समेत ल्याएको थियो ।