काठमाडौं । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)सँगको अनुबन्ध समरमा सकिँदै छ । त्यसपछि उनी कता जालान् ? पीसजीमै बस्लान् वा पूर्व क्लब बार्सिलोना फर्केलान् ? सामाजिक सञ्जाल र केही अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उनी बार्सिलोना फर्किने चर्चा भइरहेको छ । क्लबले पनि उनी फर्किने आशा गर्न थालेको छ । बार्सिलोना मेस्सीका […]
१७ चैत, काठमाडौं । लियोनल मेस्सीलाई अहिले पनि बार्सिलोनाले सम्झिरहेको छ । कप्तान सर्जियो बुस्केटले पनि लियोनल मेस्सी बार्सिलोना फर्किने अवस्थामा स्वागत गर्न आतूर रहेको बताए । साथै कप्तानीको जिम्मेबारी पनि तुरुन्तै सुम्पिन तयार रहेको प्रष्ट पारेका छन् । यो सिजनको सुरुवातमा मेस्सी बार्सिलोना छाड्न बाध्य पारिएका थिए । क्लबले वित्तीय अनुशासनको नियमका अनुसार नयाँ […]
काठमाडौं, कात्तिक १५ । पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार फरवार्ड लियोनल मेस्सीले आफु बार्सिलोना फर्किन चाँहेको बताएका छन् । उनले खेलाडी जीवन सकिएपछि टेक्निकल सेक्रेटरीको भूमिकामा बार्सिलोना फर्किने चाँहना व्यक्त गरेका हुन् । दुई दशक लामो समय बार्सिलोनामै बिताएका मेस्सी यसै सिजनमा पीएसजीसँग अनुबन्धीत भएका थिए । बार्सिलोनाले आर्थिक संकट देखाउँदै मेसीसँगको सम्झौता नवीकरण गर्न […]
काठमाडौं, ५ भदौ । स्पेनीस लिगमा आज बार्सिलोनाको खेल हुँदैछ । आज राती हुने खेलमा एथलेटिको बिलबाओले लियोनल मेस्सी बिना बार्सिलोनाको सामना गर्नेछ । मेस्सी बाहिरीएपछि बार्सिलोना आज पहिलो पटक घर बाहिर खेल्न लागेको हो । बर्सिलोनाले पहिलो खेलमा रियल सोसिडाडलाई हराउदै विजयी सुरुआत गरेको थियो । लिगको एक खेलमा एक जित निकाल्दै बार्साले ३ […]
लियोनल मेस्सी भावुक भएर बार्सिलोनाबाट बिदा भएका छन् । आइतबार बार्सिलो कप्तान तथा फरवार्ड मेस्सी पत्रकार सम्मेलनमै भावुक भएका थिए ।
बिदा हुँदै गर्दा उनले आफ्नो चाहना क्लब छाड्न नरहेकोसमेत प्रष्ट पारे । अब बार्सिलोनामा मेसीको...
काठमाण्डाै – केही दिनअघिसम्म बार्सिलोनामा रहेका स्टार खेलाडी लियोनल मेस्सीको बार्सिलोनाबाट बिदाइ भएको छ । सम्झौता नवीकरण नभएपछि गएको बिहीवारदेखि मेस्सीले बार्सिलोना छाडेका थिए । आज आइतवार क्लबले गरेको बिदाइ कार्यक्रममा मेस्सी निकै बेर रोएका छन् । स्टेजमा बोल्न सुरु नगर्दै रोएका मेस्सी आफ्नो भनाइ टुङ्ग्याउने बेलासम्म पनि रोइरहे । मेस्सी रोएपछि कार्यक्रममा उपस्थित बार्सिलोनाका अन्य खेलाडी, दर्शक पनि भक्कानिएका छन् । सिनियर टोलीमा १७ र समग्रमा २१ वर्षपछि मेस्सीले बार्सिलोना छाड्न लागेका हुन् ।
२२ साउन, काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाको एउटा फेसबुक पोस्टले बिहीबार साँझ विश्व फुटबलका समर्थकहरु तरंगित भए । त्यो पोस्टमा भनिएको थियो, ‘लियोनल मेस्सी अब क्लबमा रहने छैनन् ।’ तिनै मेस्सी, जसले बार्सिलोना छाड्छन् भन्ने कमैलाई मात्र लागेको थियो । १३ वर्षको उमेरमा बार्सिलोना आवद्ध भएको र सफलताका थुप्रै इतिहास रचेका उनले बार्सिलोनाबाटै सन्यास […]
अर्जेन्टिनी स्टार लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनाबाट बाहिरिएका छन्। १३ वर्षको उमेरमा बार्सिलोना पुगेका मेस्सीले आधिकारिक रुपमा बार्सिलोनाबाट बाहिरिएका हुन्।
पछिल्लो समय जुन महिनाको अन्त्यमा बार्सिलोनासँग करार सकिएसँगै फ्री एजेन्ट बनेका मेस्सी र क्लबबीच सहमति बने पनि ला लिगाको खेलाडी दर्तासम्बन्धि नियमहरुको कारण मेस्सी बाहिरिने अवस्था आएको बार्सिलोनाले एक विज्ञप्ति…
एजेन्सी। बार्सिलोनाका कप्तान लियोनल मेस्सी अर्को पाँच वर्ष क्याटलान क्लबमै रहने भएका छन्। ६ पटकका बालोन डी‘अर अवार्ड विजेता मेस्सीको गत जुन ३० मा बार्सिलोनासँगको सम्झौता समाप्त भएको थियो। तथापि क्याटलानको स्थानीय सञ्चारमाध्यमले ३४ वर्षे मेस्सी बार्सिलोनामै बस्न सहमत भएको जनाएको छ। बार्सिलोना वित्तीय संकटमा रहेका कारण मेस्सी ५० प्रतिशत तलब कटौती गर्न सहमत भएको जनाइएको छ।