लियोनल मेस्सीले बार्सिलोना छोड्ने पक्का

काठमाण्डाै – अर्जेन्टिनाका फुटबलर लियोनल मेस्सीले स्पेनिस फुटबल क्लब बार्सिलोना छोड्ने पक्का भएको छ । बार्सिलोनाले मेस्सीसँग सम्झौता नवीकरण नभएको जनाएको छ  । यस अघि मेस्सीले बार्सिलोनासँग पाँच वर्षको नयाँ सम्झौता गर्ने बताइएको थियो । बार्सिलोना र मेस्सी दुवै एक आपसमा नयाँ सम्झौतालाई लिएर सहमत भएपनि लिगको नियम अनुसार अनुबन्धन हुन नसकेको बार्सिलोनाले निकालेको विज्ञप्तिमा भनिएको छ । ३४ वर्षका मेस्सी गएको जुलाई १ तारिखदेखि फ्री एजेन्ट बनेका थिए । केही समय अघि उनले कम तलबमा नै क्लबमा बस्न सहमति भएपछि नयाँ...

सम्बन्धित सामग्री

पत्रकार सम्मेलनमा मेस्सी भक्कानिए

लियोनल मेस्सी बार्सिलोना छोड्ने घोषणा गर्ने क्रममा भावुक हुनुभएको छ । उहाँले आफू र आफ्नो परिवार घरमै बस्नेमा विश्वस्त भएको बताउनुहुँदै भावुक हुनुभयो । आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो बर्हिगमनको पुष्टि गर्नुहुँदै अब क्लबसँगको आबद्धता समाप्त भएको छ र नयाँ कथाको सुरुवात हुने बताउनुभयो । “मेरो लागि यो अत्यन्तै गाह्रो क्षण हो, मैले क्लब छोड्न चाहेको छैन्, मैले माया गरेको हो र यस क्षणमा अब म अपेक्षा गरेको छैन् ।”– उहाँले बताउनुभयो । “गत् वर्ष म छाडन चाहन्थे तर अहिले बस्न खोज्दै थिएँ, त्यसैले म अत्यन्तै दुःखी छु ।” –उहाँले थप्नुभयो ।

मेस्सी बार्सिलोनासँगको सम्झौताबाट मुक्त

विश्वकै सबैभन्दा महानमध्येका एक फुटबलर लियोनल मेस्सी अनुबन्धनबाट मुक्त हुनुभएको छ । बार्सिलोनासँगको उहाँको आबद्धता सम्झौताको म्याद मध्य रातिबाट सम्पन्न भएको छ । गएको सिजन सुरु हुनुभन्दा अघि बार्सिलोना छोड्ने निर्णयमा पुग्नुभएका मेस्सीले सम्झौता तोड्ने प्रयास गर्दैगर्दै नाउ क्याम्प छोड्न पाउनुभएको थिएन । अर्जेन्टाइन सुपरस्टार मेस्सीको आबद्धता म्याद गए राति सकिदा नयाँ सम्झौता वा बार्सिलोनासँगकै सम्झौता बिस्तार भएको छैन् । स्पेनिस फुटबल लेखक गुइलेम बलागका अनुसार बार्सिलोनाका नयाँ अध्यक्ष जोआन लपोर्टेले मेस्सीलाई क्लबमा राख्न प्रमुख प्राथमिकतामा दिनुभएको छ । लपोर्टेले आबद्धता लम्ब्याउन मेस्सीका बुवा जोर्गे मेस्सीसँग प्रत्यक्ष सम्पर्कमा समेत हुनुहुन्छ । मेस्सीलाई बार्सिलोनामा टिकाउन क्लबले ला लिगाको ‘सिलिङ’ बमोजिम २० करोड यूरोले आफ्नो खर्च कटौती गर्नुपर्नेछ ।

मेस्सीलाई पिएसजीमा देख्न चाहन्छन् डि मारिया !

एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी हुन् लियोनल मेस्सी । यस सिजनको अन्त्यमा उनले बार्सिलोना छोड्ने खबर लगातार आइरहेको छ । उनलाई दुई प्रतिष्ठित क्लब म्यानचेस्टर सिटी र पिएसजीले अनुबन्ध गर्न खोजिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।