काठमाण्डाै - निर्माणपछिको पहिलो र ठूलो कार्यक्रम आयोजना भएको ललितपुरको गोदावरीमा रहेकाे सनराइज सम्मेलन केन्द्रमा केही दिनयतादेखि नै चहलपहल भएको थियो भने हिजाे मध्याह्नसम्म त मानिसले खुट्टा टेक्नै ठाउँ पाउन नै मुस्किल पर्ने गरी सभाहल र परिसर भरियो ।
ललितपुरको सातदोबाटो, हरिसिद्धि र गोदावरीका विभिन्न चोक र ठाउँमा तथा सम्मेलनस्थलको मूल प्रवेशद्वारमा टाँगिएका नेकपा (एमाले)को ऐतिहासिक प्रथम विधान महाधिवेशनका नामका स्वागत ब्यानर र कम्युनिस्ट पार्टीको हँसिया हथौडायुक्त झण्डा तथा निर्वाचन चिह्न सूर्यले ती ठ...