‘अलाबैकुन्ठपुरमुलो’को हिन्दी रिमेकको नाम ‘शहजादा’

एजेन्सी। बलिउड अभिनेता कार्तिक आर्यन मुख्य भूमिकामा रहने तेलगु सुपरहिट फिल्म ‘अलाबैकुन्ठपुरमुलो’को हिन्दी रिमेकको नाम ‘शहजादा’ राखिएको छ। यस फिल्ममा कार्तिक आर्यन तेलगुमा अल्लु अर्जुनद्धारा निभाएको भूमिकामा देखिनेछन्। फिल्ममा मनिषा कोइराला र परेश रावलपनी अहम् भूमिकामा देखिनेछन्। फिल्मलाई हिन्दीमा रोहित धवनले निर्देशन गर्नेछन्। एक रिर्पोटअनुुसार फिल्मको हिन्दी रिमेकका लागि निर्माता टोलीले ‘अलाबैकुन्ठपुरमुलो’ निर्मातालाई ९ करोड भारु भुक्तान गरेका छन्।

सम्बन्धित सामग्री

नेपाली र हिन्दीमा बन्ने फिल्म ‘राम नाम सत्य’लाई माइकल चन्दले निर्देशन गर्ने

काठमाडौं । म्युजिक भिडियोका व्यस्त निर्देशक माइकल चन्दले समसामयिक कथावस्तुमा कथानक फिल्म ‘राम नाम सत्य : बिहाइन्ड द कर्टेन’ बनाउने घोषणा गरेका छन् । घोषणा पोस्टर सार्वजनिक गर्दै उनले नेपाली र हिन्दी भाषामा फिल्म निर्माण हुन लागेको जानकारी दिए । नेपाल र भारतको राजस्थानका लोकेसनमा फिल्मको छायांकन वैशाखदेखि गर्ने तयारी छ । भारतीय बजारलाई समेत […]

राजपरिवारमा जन्मिएर संगीतमा डुबेका एसडी बर्मन (भिडियाे)

सबैले प्रेमपूर्वक बर्मन दा भनेर बोलाउने एसडी अर्थात सचिन देव बर्मन हिन्दी र बंगाली फिल्मको यस्तो नाम हो, जसलाई नसम्झिँएर फिल्म इन्डस्ट्री पूर्ण हुँदैन ।

जब डाक्टरहरूले सुनिल दत्तलाई नर्गिसलाई मार्ने सल्लाह दिए

आज दिग्गज अभिनेत्री नर्गिस दत्तको पुण्यतिथि । नर्गिसले हिन्दी सिनेमालाई एकसे एक फिल्म दिएकी छिन् । तर ‘मदर इन्डिया’ मा उनको चरित्र शताब्दीयौंसम्म याद रहनेछ । अभिनेत्री नर्गिस दत्तको जन्म १ जुन १९२९ मा कलकत्तामा पञ्जाबी मुस्लिम परिवारमा भएको थियो । उनको वास्तविक नाम फातिमा राशिद थियो । उनका पिताको नाम उत्तमचन्द मूलचन्द र आमाको नाम जद्दनबाई थियो । नर्गिसकी आमा शास्त्रीय गायिका थिइन् र हिन्दी सिनेमामा पनि उनको धेरै नाम थियो ।६ वर्षको उमेरमा आफ्नो फिल्मी करियर सुरु गरेका थिएःनर्गिस

‘पुष्पाः द राइज’को हिन्दी भर्सनमा कसको स्वर ?

काठमाडौं, ७ माघ : साउथ सुपरस्टार अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनित फिल्म ‘पुष्पाः द राइज’ले बक्स अफिसमा कलेक्सनको काम जारी नै राखेको छ । फिल्मले हिन्दी भर्सनमा उत्तिकै राम्रो प्रतिक्रिया पाइररहेको छ । अहिले सबैलाई फिल्मको हिन्दी भर्सनमा कसको स्वर थियो भन्ने चासो छ । यहाँ फिल्मको हिन्दी भर्सनमा कलाकारको डबिङ गर्ने केही कलाकारको नाम […]

‘थाडम’ को हिन्दी रिमेकमा आदित्यसँग म्रुनाल

तामिल चलचित्र ‘थाडम’ को हिन्दी रिमेकमा आदित्य रोय कपुरको अपोजिटमा युवा अभिनेत्री म्रुनाल ठाकुर देखिने भएकी छन् । यसअघि थुप्रै हिट चलचित्रमा काम गरिसकेकी ठाकुर यस चलचित्रमा प्रहरीको भूमिकामा देखिने बताइएको छ । भुषण कुमार र मुराद खेतानीको निर्माणमा बन्न लागेको यस चलचित्रको हालसम्म नाम भने जुराइएको छैन । सत्य घटनामा आधारित भएको भनिएको यो चलचित्रको छायाङ्कन यही वर्षको अक्टोबरबाट शुरु हुनेछ ।चलचित्रको हिस्सा बनेको समाचारपछि म्रुनालले भनेकी छन्, ‘जब मैले चलचित्रको कथा पढेँ, तत्क

‘अला बैकुन्ठ पुरमलो’को हिन्दी रिमेकको मुख्य भूमिकामा अभिनेत्री कृति सेनन

एजेन्सी। तमिलको ब्लकबस्टर फिल्म ‘अला बैकुन्ठ पुरमलो’को हिन्दी संस्करणमा मुख्य भूमिकामा अभिनेत्री कृति सेनन देखिने भएकी छिन्। फिल्मको हिन्दी संस्करणको नाम ‘शाहजादा’ राखिएको छ। सेननसँगै फिल्ममा कार्तिक आर्यन मुख्य भूमिकामा देखिनेछन्।

‘विक्रम वेधा’ को हिन्दी रिमेकमा जोडिइन् अभिनेत्री राधिका आप्टे

एजेन्सी। तमिल ‘विक्रम वेधा’ को हिन्दी रिमेकमा बलिउड अभिनेत्री राधिका आप्टे जोडिएकी छन्। एक रिर्पोटअनुसार फिल्ममा आप्टे महत्त्वपूर्ण भूमिकामा देखिनेछन्। फिल्मको प्रमुख भूमिकामा निर्माता टोलीले यसअघि नै अभिनेताद्वय ऋतिक रोशन र सैफ अलि खानलाई पक्का गरिसकेको छ। निर्माता टोलीले फिल्म प्रदर्शनको मिति ३० सेप्टेम्बर, २०२२ राखेका छन्। हालसम्म हिन्दी रिमेकको नाम पक्का नभएपनि फिल्मको शुटिंग दुई महिनापछि सुरु हुनेछ।

तेलुगु फिल्म ‘नान्धी’को हिन्दी रिमेकमा अजयले काम गर्ने

एजेन्सी। बलिउड अभिनेता अजय देबगनले आफ्नो आउँदो फिल्म दक्षिण भारतका निर्देशकसँग मिलेर गर्ने भएका छन्। अजयले आउँदो फिल्मका रुपमा तेलुगु फिल्म ‘नान्धी’को हिन्दी रिमेकमा दक्षिण भारतीय निर्देशकसँग मिलेर काम गर्न लागेका हुन्। अजयले निर्देशकको नाम नबताएपनि सामाजिक सञ्जालमा दिल राजु प्रोडक्सन्स र अजय देवगन फिल्म्स तेलुगु हिट फिल्म ‘नान्धी’को हिन्दी रिमेक गर्ने बताए। ‘नान्धी’लाई तेलुगुमा वियन कनकमेडलाले निर्देशन गरेका थिए।