रूसी राष्ट्रपति जी ट्वेन्टी शिखर सम्मेलनमा सहभागी नहुने

एजेन्सी । यही कात्तिक २९ र ३० गते इण्डोनेशियाको बालीमा हुने विश्वका प्रमुख विकसित र उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टी शिखर सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने हुनुभएको छ । सम्मेलनमा राष्ट्रपति पुटिनको प्रतिनिधित्व विदेशमन्त्री सर्गेई लाभरोभले गर्ने यहाँस्थित रूसी दूतावासले जनाएको छ । पश्चिमा राष्ट्र र युक्रेनले सम्मेलन आयोजक इण्डोनेसियालाई […]

सम्बन्धित सामग्री

पुटिनले युक्रेनमा आक्रमण गरेर ‘ठूलो गल्ती’ गरे : नेटो प्रमुख

नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेर ‘ठूलो गल्ती’ गरेको आरोप लगाएका छन् । ‘राष्ट्रपति पुटिनले ठूलो गल्ती गरेका छन् र त्यो भनेको स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र विरुद्ध युद्ध शुरु गर्नु हो’ उनले भने।उनले युक्रेनी जनताको शक्ति, युक्रेनी जनता र उनीहरुको सशस्त्र बलको बहादुरीलाई कम मूल्याङ्कन गरेका छन्’ स्टोल्टेनबर्गले ब्रसेल्समा शिखर सम्मेलन शुरु हुनु अघि भनेका छन्।  स्टोल्टेनबर्गले जनाएअनु

रूसी राष्ट्रपति पुटिन डिसेम्बरमा भारत भ्रमणमा आउने

इन्डिया न्युज नेटवर्क  ।  भरतको विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर महिनाको ६ तारिखमा भारत भ्रमणमा आउने भएका छन् । उनी प्रधानमन्त्री मोदीसँग २१ औं भारत–रूस वार्षिक शिखर सम्मेलनमा सहभागी हुनेछन् । पछिल्लो भारत रूस वार्षिक शिखर सम्मेलन सन् २०१९ को सेप्टेम्बर महिनामा भएको थियो । त्यस समय प्रधानमन्त्री नरेन्द्र […]