‘बिचौलिया’को काम गरेर नाफा कमाउने ‘कुलमान नीति’ले ३५ दिनमै ८.५ अर्ब गुमाउँदै प्राधिकरण

‘लोडसेडिङ मुक्त नेपाल’ भनिएपनि मंगलबार रातीबाट उद्योगहरुले बिजुली पाएनन् । विशेष गरी ठूला उद्योगहरु भएको भैरहवा औद्योगिक क्षेत्र र लुम्बिनी करिडोरका उद्योगहरुले मंगलबार रातीबाट अघोषित लोडसेडिङ भोग्नुपर्यो ।यसको कारण के हो भने, भारतबाट नेपालले बिजुली किन्न सकेन । नेपालले दैनिक बिडिङमार्फत भारतबाट बिजुली खरिद गर्दै आएकोमा मंगलबार नेपालले राखेको मूल्यमा भारतले बिजुली दिएन । भारतमा बिजुलीको मूल्य ३६ रुपैयाँ प्रतियुनिट सम्म पुग्यो । नेपालले भारु ८ देखि ९ रुपैयाँमा बिजुली किनिरहेको थियो । मंगलबार पनि सोही मूल्यमा बिड गर्दा नेपालले बिजुली पाएन । जसका कारण उद्योगहरुले एक रातमा अर्बौ नोक्सान ब्यहोर्नुपर्यो ।बेच्दा ३ रुपैयाँ, किन्दा २५ रुपैयाँनेपालले पनि वर्षायाममा भारतलाई केही बिजुली बेचेको थियो । तर, भारतलाई प्रतियुनिट ३ रुपैयाँ ६८ पैसामा बिजुली बेच्ने प्राधिकरणले भारतबाट आयात गर्दा भने औसतमा प्रतियुनिट २५ रुपैयाँ बढी तिर्नुपर्ने अवस्था आएको छ ।भारतीय प्रतिस्पर्धी बजारमा बिहीबारको विद्युतको मूल्य  प्रतियुनिट १५.२७ पैसा भारु पुगेको छ । यो बिजुली नेपाल ल्याउँदा थप ५३ पैसा भारु प्रशारणलाइन शुल्कका रुपमा जाडिन्छ । यसरी प्रतियुनिट १५.८० पैसा भारु पर्न जान्छ । यो भनेको प्रतियुनिट लागत २५.२८ रुपैयाँ हो ।तर, आज बिहिबार पनि भारतबाट प्राधिकरणले बिजुली पाउने सम्भावना छैन । किनकी, प्राधिकरणले भारु १२ मा बिड गरेको जनाएको छ । योभन्दा बढी मूल्यमा भारतीय उद्योगहरुले नै कोट गरेका कारण बिहिबार पनि बिजुली नआउने खतरा रहेको हो ।अहिले भारतबाट औसतमा १२ सय मेगावाट प्रतिघण्टाका दरले विद्युत् आयात गनुपर्ने बाध्यतामा प्राधिकरण छ ।३५ दिनमै ८.५० अर्ब गुम्ने खतराबुधबार प्राधिकरणले औसत मूल्यभन्दा केही बढाएर बोलकबोल गर्दा पनि मूल्य आकाशियो । त्यसकारण प्राधिकरणले ९६ ब्लकमा गरिएको बिडमा जम्मा १२ वटा युनिटमा मात्रै बिजुली पायो । मूल्य बढ्ने क्रम अझै रोकिएको छैन । भारतमा औसत प्रतियुनिट बिजुलीको मूल्य भारु २० सम्म पुग्ने अवस्था देखिएको प्राधिकरणकै अधिकारीहरु बताउँछन् । यदि भारतमा प्रतियुनिट बिजुलीको मूल्य २० भारु पुगेमा प्राधिकरणले ३५ दिनमा ८.५० अर्ब नोक्सानी ब्यहोर्ने खतरा बढेको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार भारतमा कोइलाको अभाव हुँदा त्यहाँका आधा बढी विद्युत गृहहरु बन्द छन् । जसका कारण बिजुली महँगो हुन गएको हो । बिजुली महँगो हुँदा प्राधिकरणले अबको ३५ दिनमा ८ अर्ब ५० करोड थप नोक्सान ब्यहोर्नुपर्ने अवस्था आउन सक्ने कुलमानले नै स्वीकार गरेका छन् । ‘कुलमान बिचौलियाको काम गर्दा हिरो भएका हुन्, वास्तविकता देखिँदैछ’उद्योगी व्यवसायीहरुले बिजुली कटौती हुने समय माग गर्दा पनि प्राधिकरणले दिन अस्वीकार गरेको छ । नेपालको बिजुली उत्पादन क्रमशः बढिरहेपनि अहिले उपभोक्ता (उद्योगबाहेक)ले नियमित बिजुली बाल्ने अवस्था यहाँको उत्पादनले सम्भव भएको होइन । भारतबाट महँगोमा बिजुली किनेर ल्याएर प्राधिकरणले बिचौलियाको काम गरिरहेको उद्योगीहरुको भनाई छ ।नेपालले भारतको एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन)सँग १५० मेगावाट र पावर ट्रेड कर्पोरेसनसँग ७० मेगावाट बिजुली नियमित रुपमा आयात गर्न सम्झौता गरेको थियो । तर, बिजुलीको मूल्य बढेपछि यी दुबै एजेन्सीले १ महिनादेखि नेपाललाई बिजुली दिएका छैनन् ।‘डिमाण्ड १६ सय मेगावाट छ, उत्पादन ८ सय मेगावाट मात्रै छ’ एक उद्योगी भन्छन्, ‘किनेर ल्याएर बेचौला भनेर मात्रै हुँदैन, अहिलेसम्म कुलमानले वाहवाही कमाएको त्यहीँ बिचौलियाको काम गरेर मात्रै हो, भारतबाट ल्याउने यहाँ बेच्ने । उद्योगलाई प्राथमिकतामा राखेर बिजुली दिनुपर्छ भन्ने चेतना कसैको छैन । त्यहाँ मजदूर हुन्छन्, तिनका परिवार हुन्छन्, उद्योगीको अर्बौ लगानी हुन्छ, यसलाई बचाउनुपर्छ भनेर कोही बोल्दैनन् । यहाँ त कुलमानले भारतबाट किनेर ल्याएको बिजुली बाल्न पाएर सबै मख्ख छन् । आफ्नो देशमा उत्पादन बढाउनुपर्छ भन्ने कोही छैनन् । कुलमानले नै साना लगानीका जलविद्युतको पीपीए रोकिदिएको कसैले देख्दैन । यो देशमा उत्पादन गर्ने होइन, दलाली गर्नेहरु हिरो कहलिन्छन् । अर्थतन्त्र डामाडोल भएको त्यसै होइन ।’ 

सम्बन्धित सामग्री

विद्युत प्राधिकरणको नाफा एक वर्षमा १६ अर्ब

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७८-७९ मा नाफा बढाएको छ।  बिजुली चुहावट नियन्त्रण र विद्युत् खपत बढ्दा प्राधिकरणको नाफा १६ अर्ब नौ करोड रुपियाँ पुगेको छ।  प्राधिकरणले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार यो नाफा गत आवको छ अर्ब १० करोड रुपियाँको तुलनामा १६४ प्रतिशतले बढी हो। ठूला उद्योगमा चाहिएजति बिजुली पुर्‍याउने अभियानलगायतका […]

टेलिकमको नाफा सवा सात अर्ब

नेपाल दूरसञ्चार कम्पनीले सात अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्ष ०७७/७८ मा ४२ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन गरेको कम्पनीले जनाएको छ । कम्पनीले गत...

विद्युत् प्राधिकरणको ६ महिनाको नाफा १२ अर्ब

काठमाडौं, फागुन ९ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८र०७९ को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रूपैयाँ नाफा कमाएको छ। प्राधिकरणको वित्तीय विवरण (अपरिष्कृत) अनुसार गत आव २०७७/०७८ मा ६ अर्ब १८ करोड नाफा थियो। चालु आवको पहिलो ६ महिनामा नै नाफा बढेर १२ अर्ब १२ करोड रूपैयाँ पुगेको छ। यो […]

विद्युत प्राधिकरणले ६ महिनामा १२ अर्ब नाफा कमायो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/७९को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको वित्तीय विवरण (अपरिष्कृत) अनुसार गएको आव २०७७/७८ मा ६ अर्ब १८ करोड नाफा रहेको थियो । चालु आवको पहिलो ६ महिनामा नै नाफा बढेर १२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । यो […]

महामारीबीच बैंकहरूको नाफा तीन अर्ब रूपैयाँले बढ्यो

पछिल्लो ६ महिनामा धेरै कमाउनेमध्ये दोस्रोमा एनआइसी एसिया बैंक छ। उक्त बैंकले ६ महिनामा दुई अर्ब ४० करोड रूपैयाँ नाफा गरेको छ। गत वर्षको सोही अवधिमा उक्त बैंकले दुई अर्ब ६ करोड रूपैयाँ कमाएको थियो। गत वर्षको ६ महिनामा दुई अर्ब एक करोड रूपैयाँ नाफा गरेको नब...

कामना सेवाको नाफा एक अर्ब

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासिकमा सोही वर्षको खुद सञ्चालन नाफा को तुलनामा २१ प्रतिशतको वृद्धि गरेको छ ।बैंकले सो अवधीमा करिब एक अर्ब रुपैयाँ खुद नाफा गरेको जनाएको छ । यो त्रैमासिक सम्ममा (गत वर्ष करिब २० करोडको हाराहारीमा रहेको) शून्य गैरसञ्चालन आम्दानी भएपनि कर पछिको नाफा (पीएटी) करिब १२ […]

फेसबुकले तीन महिनामा कमायो ९ अर्ब डलर नाफा

एजेन्सी- संसारकै ठूलो सामाजिक सञ्जाल फेसबुकले तीन महिनामा ९ अर्ब अमेरिकी डलर नाफा कमाएको छ । बिबादबीच फेसबुकले सेप्टेम्बरसम्मको तीन महिनामा ठूलो नाफा कमाएको हो । अघिल्लो वर्षको यही अवधिमा उसको नाफा ७ दशमलब ८ अर्ब डलर थियो । एक पूर्वकर्मचारीले फेसबुकले नाफामुखी भएको र अनैतिक व्यवहार गरेको आरोप लगाइरहँदा उसको नाफा भने बढिरहेको छ […]

फेसबुकले गएको तीन महिनामा नौ अर्ब डलर नाफा कमायो

काठमाण्डाै - सामाजिक सञ्जाल फेसबुकले गएको तीन महिनामा नौ अर्ब डलर नाफा कमाएको छ ।   गएको जुलाईदेखि सेप्टेम्बरसम्ममा नौ  अर्ब डलर मुनाफा गरेको कम्पनीले जनाएको छ । कम्पनीले अघिल्लो वर्ष यही अवधिमा ७ दशमलव ८ अर्ब डलर मात्र नाफा कमाएको थियो । केही समय अगाडि फेसबुकले व्यक्तिको कयौँ आन्तरिक दस्ताबेज लिक गरेको भन्दै खबरहरु प्रकाशित भएका थिए । त्यसपछि सबैतिर फेसबुकको विश्वसनीयतालाई लिएर आलोचना भएको थियो । तर फेसबुकका संस्थापक मार्क जुकरबर्गले भने  कम्पनीलाई झुटाे आरोप लगाएको बताउनुभएको छ । एक वर्षयता म...

सनराइज बैंकको नाफा डेढ अर्ब नाघ्यो

काठमाडौं । सनराइज बैंकको नाफा डेढ अर्ब नाघेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सनराइजको नाफा १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।कोरोना भाइरसको महामारीले समग्र क्षेत्रमा प्रभाव पारे पनि बैंकिङ्ग क्षेत्रले भने नाफा कमाउन सफल भएको छ । सनराइजको नाफा अघिल्लो वर्षको भन्दा १०.५५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा ६० करोड १५ लाख रुपैयाँ कायम भएको छ ।यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ८.७७ प्रतिशतले घटेको छ

बैंकहरूको नाफा पौने एकाउन्न अर्ब

काठमाडौं, बैशाख १७ । कोरोना महामारीमा वाणिज्य बैंकहरूको नाफा घट्ने अनुमान विपरीत झनै बढेको छ। चालु आर्थिक वर्षको नौ महिना (साउन–चैत) मा २७ वाणिज्य बैंकहरूले पौने ५१ अर्ब रूपैयाँ नाफा गरेका छन्। कोरोना महामारीका कारण अघिल्लो वर्ष बैंकहरूको नाफा घटेकाले यो वर्ष पनि घट्न सक्ने अनुमान थियो। गत वर्ष सोही अवधिमा ती बैंकहरूले करिब ४४ […]