अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आर्थिक पाटोमा लगाउँदै आएको आंशिक प्रतिबन्धबाट नेपाल क्रिकेट संघ (क्यान) मुक्त भएको छ । क्यानलाई निर्वाधरूपमा आफ्ना कार्यक्रम अगाडि बढाउने बाटो खुलेको छ । यसअघि क्यानलाई सरकारको हस्तक्षेप र क्यानभित्र भएको अनियमितताका कारण आईसीसीले २०१४ मा निलम्बन गरेको थियो । तर प्रतियोगिता खेल्नका लागि भने खेलाडीलाई आईसीसीले बाटो खुलाएको थियो […]