काठमाडौं : प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मत परिणाम हेर्दा आगामी संसद् अस्थिर हुने आँकलनहरु हुन थालेका छन्। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणाम घोषणा हुने क्रम जारी छ।देशभरका केही क्षेत्रका मत परिणाम घोषणा भइसकेका छन् भने धेरै स्थानमा मतगणना कार्य जारी छ। घोषणा भइसकेका र गणना भइरहेका मत परिणामहरु हेर्दा ठूला दलका स्थापित नेताहरु पराजित भइरहेका छन्।नयाँ दलका नयाँ उम्मेदवार तथा पुरानै दलका पनि नयाँ उम्मेदवारहरुले अग्रता कायम राखिराखेको अवस्था छ। प्रारम्भिक परिणामह