सारा विश्व समाजलाई संस्कृत भाषाले ऊर्जा प्रदान गरेको भन्दै संस्कृत भाषाले सम्पूर्ण विश्वलाई कल्याण गर्ने ‘सर्वेभवन्तुः सुखिनः’ र ‘वसुधैवकुटुम्बकम्’ को अवधारणा प्रदान गरेको बताइएको छ ।
विश्वको सबभन्दा पुरानो भाषा संस्कृतको उद्गमस्थल नेपाल मानिए पनि यही देशमा संस्कृति भाषा राजनीतिको शिकार भएर ध्वस्त हुन पुग्यो । यस्तो विगतकाबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले संस्कृत भाषाको विकास र प्रवर्द्धनमा नेपाल सरकारले काम गरिरहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय नेपाल–भारत संस्कृत सम्मेलनको उद्घाटन गर्दै मन्त्री बस्नेतले संस्कृत भाषाको सम्बद्र्धन र प्रवर्द्धनका लागि सरकारले …
वालिङ (स्याङ्जा), ३० असोज । स्याङ्जाको वालिङमा संस्कृत भाषाको संरक्षणका लागि सञ्चालन गरिएको आधारभूत संस्कृत भाषा कक्षामा युवा प्रशिक्षार्थी आकर्षित हुँदै गएका छन् । विश्व हिन्दू महासङ्घ स्याङ्जा, विश्व हिन्दू युवा सङ्घ स्याङ्जाको सहकार्य र केदारनाथ मन्दिरको आयोजनामा वालिङमा सञ्चालन भएको भाषा कक्षामा युवा प्रशिक्षार्थी आकर्षित हुँदै गएका हुन् । एक महिना अघिदेखि सुरु गरिएको […]
वालिङ (स्याङ्जा) १८ भदौ । स्याङ्जाको वालिङमा संस्कृत भाषाको संरक्षणका लागि आधारभूत संस्कृत भाषा कक्षा सञ्चालन गरिएको छ । संस्कृत भाषा पुस्तान्तरण गर्दै संस्कृत वाङ्मयको संरक्षण, सम्बर्द्धन र जगेर्ना गर्ने मुख्य उद्देश्यसहित भाषा कक्षा थालिएको विश्व हिन्दू महासङ्घ नेपालका केन्द्रीय सदस्य एवं मुख्य प्रशिक्षक नेत्रप्रसाद पराजुलीले बताए । विश्व हिन्दू महासङ्घ स्याङ्जा, विश्व हिन्दू युवासङ्घ […]
वालिङ (स्याङ्जा) १८ भदौ । स्याङ्जाको वालिङमा संस्कृत भाषाको संरक्षणका लागि आधारभूत संस्कृत भाषा कक्षा सञ्चालन गरिएको छ । संस्कृत भाषा पुस्तान्तरण गर्दै संस्कृत वाङ्मयको संरक्षण, सम्बर्द्धन र जगेर्ना गर्ने मुख्य उद्देश्यसहित भाषा कक्षा थालिएको विश्व हिन्दू महासङ्घ नेपालका केन्द्रीय सदस्य एवं मुख्य प्रशिक्षक नेत्रप्रसाद पराजुलीले बताए । विश्व हिन्दू महासङ्घ स्याङ्जा, विश्व हिन्दू युवासङ्घ […]
काठमाडाैं : नेपाल भूमिबाट उत्पति भएको संस्कृत भाषाप्रति विभिन्न देशमा आकर्षण बढेका बेला देशमै भने यसको महत्व बिर्सने अवस्था आउन नहुनेमा जोड दिइएको छ।पाँचौँ विश्व संस्कृत दिवसका अवसरमा पद्मकन्या क्याम्पस संस्कृत, पत्रकारिता र हिन्दी विभाग, भारतीय राजदूतावास विवेकानन्द सांस्कृतिक केन्द्रको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका पूर्वकार्यकारी निर्देशक प्रा. डा. काशीनाथ न्यौपानेले संसारकै प्राचीन भाषा संस्कृत आज पनि मानव मात्रका लागि उपयोगी रहेको बताए।वेद,
काठमाडौं : संस्कृत भाषा मात्र नभई जीवन पद्धति पनि भएकाले यसको ज्ञान सबैमा हुनुपर्नेमा जोड दिइएको छ।चौथो विश्व संस्कृत दिवसको मूल समारोह समितिले आज वाल्मीकि विद्यापीठ, प्रदर्शनी मार्ग, काठमाडौँमा गरेको कार्यक्रमका वक्ताले सबैका लागि संस्कृत भाषा अनिवार्य गरिएमा संस्कार सुधारमा सहयोग पुग्ने बताएका थिए। जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो। यस पटकको विश्व संस्कृत दिवस नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय संस्क
विगत २ वर्षदेखि प्राचीन भाषा संस्कृत प्रशिक्षण लिनेको संख्या बढ्न थालेको छ ।
जयतु संस्कृतम् संस्थाले हीरक जयन्तीका अवसरमा सातै प्रदेशमा जुम प्रविधिबाट आयोजना गरेको प्रशिक्षणमा सोचेभन्दा बढीको सहभागिता रह्यो ।
जूम क्षमताअनुसार प्रत्येक प्रदेशमा ५०० सहभागी भए । फेसबूक लाइभबाट समेत धेरै मानिसले संस्कृत सिक्ने इच्छा देखाए ।
६ प्रदेशमा जूम प्रविधिबाट प्रशिक्षण सम्पन्न गरी जयतु संस्कृतम् दिवसका अवसरमा असार १ गतेदेखि बागमती प्रदेशमा अन्तिम प्रशिक्षण चलिरहेको छ । प्रशिक्षणका प्रमुख प्रशिक्षक महेश संस्कृत गुरुकुल देवघाटका...
पूर्वीय धर्मदर्शनमा आबद्ध मानिसहरूका लागि संस्कृत भाषा स्रोत भाषाका रूपमा रहेको हुँदा बुद्धमार्गी र हिन्दूमार्गी देशहरूमा यसप्रतिको आकर्षण रहनु स्वाभाविक हो । संस्कृत मूल भएका प्राकृत भाषाहरूका लागि पनि संस्कृत सन्दर्भ भाषाका रूपमा रहिआएको छ । दोस्रो, संसारको प्राचीन भाषा भएको नाताले संस्कृत भाषाप्रति स्वाभाविक रूपमा विश्वभर एकप्रकारको जिज्ञासा व्याप्त छ । विशेषगरी भाषाविज्ञान र व्याकरणका क्षेत्रका लागि संस्कृत भाषा र व्याकरण अति महत्त्वपूर्ण पक्षका रूपमा रहेको पाइन्छ । तेस्रो, संस्कृतमा लेखिएका ग्रन्थहरूमा आफ्नो अध्ययन अनुसन्धान आदिमा केही योगदान हुन सक्छ कि भन्ने कोणबाट पनि यस भाषाको अध्ययन हुने गरेको छ । विशेषगरी आयुर्वेद, गणित, दर्शन, नाट्यशास्त्र योग, ज्योतिष क्षेत्र यस वर्गमा पर्छन् । यूरोपेली भाषाको शब्दोत्पत्तिमा विश्वभर ठूलो ऊर्जा खर्च भइरहेको छ खासगरी प्रोटोइन्डोयूरोपेली र इन्डोयूरोपेली अवधारणाअन्तर्गत भाषाको उत्पत्ति, शब्दको उत्पत्ति र विकासक्रमका बारेमा । अहिलेको पश्चिमा जगत्को संस्कृत अध्ययन यसै विषयमा परिलक्षित छ ।
वर्तमान विश्वमा संस्कृत अध्ययनमा पश्चिमा जगत्, भारत र नेपाल गरी तीनओटा केन्द्रहरू रहेका छन् । पश्चिमा जगत्का लागि संस्कृत अध्ययन प्राज्ञिक विषयमा मात्र सीमित रहेको छ भने नेपाल र भारतका लागि संस्कृत अध्ययन प्राज्ञिक सक्रियताका अतिरिक्त सफ्टपावरका रूपमा समेत महत्त्व राख्छ । भारतले संस्कृतलाई कूटनीतिक प्रभाव विस्तारको औजारका रूपमा स्वीकार गरेको छ ।
नेपालको परराष्ट्र नीति २०७७ मा संस्कृत भाषाक्षेत्रलाई सार्वजनिक कूटनीतिको औजारका रूपमा उपयोग गर्न सक्ने सम्भावनालाई स्पष्ट रूपमा स्थान दिएको पाइन्छ ।
यस नीतिअन्तर्गत (१) नेपालको सभ्यता, संस्कृति, कला, साहित्य, भाषा, रहनसहन, चाडपर्व, रीतिरिवाज, सांस्कृतिक सम्पदा, परम्परा र वेशभूषाको प्रचारप्रसार गर्ने, (२) नेपाल प्राग्ऐतिहासिक कालदेखि नै मानव समुदायको बसोवास स्थल, प्राचीन ज्ञान भूमि एवम् पूर्वीय दर्शन र अध्यात्मको एक उद्गमस्थल भएको र त्यसबाट मानव सभ्यताको विकासमा योगदान पुगेको तथ्यलाई विश्वसामु उजागर गर्ने तथा (३) विशिष्ट भौगोलिक अवस्था र अनुकूल हावापानीले नेपालको आध्यात्मिक चिन्तन, ध्यान, योग तथा आरोग्यताका लागि उपयुक्त गन्तव्य स्थलका रूपमा रहेको तथ्यलाई विश्वसामु प्रस्तुत गर्ने विषयहरू उल्लेख छन् ।
नेपालको संस्कृत जगत्ले यी नीतिहरूलाई व्यवहारमा उतार्ने गरी कार्यान्वयनयोग्य कार्यक्रमहरू प्रस्ताव गर्न सक्ने हो भने नेपालको परराष्ट्र नीतिको कार्यान्वयनमा नेपाल संस्कृत विश्वविद्यालय महत्त्वपूर्ण सहयात्रीका रूपमा सहयोगी हुन सक्ने देखिन्छ । नेपालको इतिहास, अवस्थिति तथा तुलनात्मक रूपमा तटस्थताको नीति अंगीकार गरेका कारण पश्चिमा जगत्देखि पूर्वीय दर्शनमा आबद्ध देशहरूका लागि नेपाल संस्कृत अध्ययनको केन्द्रका रूपमा स्थापित हुन सक्ने देखिन्छ । शक्ति विस्तारको होडमा नरहेका तटस्थ देशहरू यस्ता विशुद्ध प्राज्ञिक विषयहरू अध्ययनका लागि अनुकूल स्थानमा गनिन्छन् ।
विश्वमा शिक्षाक्षेत्र सेवा व्यापारको महत्त्वपूर्ण क्षेत्रका रूपमा देखा परेको छ । विगतमा शिक्षा आफ्नो प्रभुत्व स्थापित गर्ने दिशामा उन्मुख रहेको यो क्षेत्र आधुनिक युगमा सेवा व्यापारको सबैभन्दा आकर्षक क्षेत्रका रूपमा देखा परेको छ । फलस्वरूप आर्थिक कूटनीतिमा शिक्षा सेवा व्यापार पनि एक महत्त्वपूर्ण क्षेत्रमा रूपमा देखा परेको छ । सम्बद्ध देशका राजदूतावासहरूका शिक्षा तथा सांस्कृतिक विभागहरूको प्राथमिकता आफ्ना देशमा विश्वविद्यालयहरूमा विद्यार्थी भर्नाको सहजीकरण नै हुने गरेको छ । संस्कृत शिक्षामा पनि विश्वव्यापी आकर्षणमा वृद्धि हुँदै गएको अवस्थामा संस्कृत शिक्षाको निर्यात पनि आकर्षक क्षेत्रमा देखा परेको छ ।
यी सम्भावनालाई दृष्टिगत गर्दै नेपालले संस्कृत शिक्षालाई सेवा व्यापारको विधाका रूपमा विकास गर्दै नेपाललाई संस्कृत शिक्षाको केन्द्रका रूपमा विकास गर्नु जरुरी छ । शिक्षाको अन्तरराष्ट्रिय व्यापारमा झैं संस्कृत शिक्षाको अन्तरराष्ट्रिय व्यापारमा पनि चारओटा मोडहरू आकर्षित हुन्छन् ।
तलिकाका देखाइएका विधिबाट नेपाललाई संस्कृत शिक्षाको अन्तरराष्ट्रिय व्यापारको केन्द्रका रूपमा विकास गर्न देहायका व्यवस्थाहरू हुन जरुरी छ ।
सर्वप्रथम संस्कृत भाषाका सम्बन्धमा देशभित्र नीतिगत स्पष्टता हुन जरुरी छ । संस्कृत शिक्षाको प्रचारप्रसार र प्रवर्द्धनका लागि कानूनतः बाटो खुला हुुनुपर्छ । देशभित्र राजनीतिक तथा सामाजिक रूपमा संस्कृत भाषाप्रति आस्था, श्रद्धा र सम्मान प्रकट हुनुका साथै यस्ता व्यवस्थाका लागि आवश्यक पर्ने साधनस्रोतको विनियोजन र व्यवस्थाका लागि पनि देशभित्र आम सहमतिको वातावरण हुनुपर्छ ।
दोस्रो संस्कृत भाषाका लागि क्रियाशील संस्थाहरूको स्तर पनि उक्त भाषाको विश्व गुरु हुने खालको कायम हुनुपर्छ । अध्ययन अध्यापन पद्धति शेष विश्वले अनुकरण र प्रशंसा गर्ने खालको हुनैपर्छ । माथि उल्लिखित चारैओटा मोडहरूबाट नेपालमा संस्कृत अध्ययन अध्यापन हुने वातावरण सृजना हुने गरी सोहीअनुरूपका जनशक्ति र साधनस्रोत पनि उपलब्ध हुुनुपर्छ ।
संस्कृत भाषाका केन्द्रहरूलाई अविच्छिन्न रूपमा आत्मनिर्भर, गतिशील र सक्षम संस्थाका रूपमा विकास गर्न व्यवस्थापकीय कौशलता पनि सोहीअनुरूप विकास हुन जरुरी छ । शिक्षालय व्यवस्थापनका आधुनिक विधि र पद्धतिलाई संस्कृतका केन्द्रहरूमा पनि अवलम्बन गर्नु जरुरी छ ।
नेपाललाई संस्कृतको केन्द्रका रूपमा स्थापना गर्ने हो भने यी केन्द्रमा अन्य देशका जनशक्तिहरूको पनि संलग्नता हुन आवश्यक देखिन्छ । यस्ता केन्द्रहरूका जनशक्तिहरूको चयनमा विश्वव्यापी प्रतिस्पर्धाको मान्यतालाई स्वीकार गर्न सक्नुपर्छ । ताकि बेलायतको नागरिक होस् या भारतको, चीनको नागरिक होस् या रूसको सबैले यस्ता केन्द्रहरूमा शिक्षक, व्यवस्थापक आदिका रूपमा सेवा गर्ने अवसर प्राप्त हुुनुपर्छ । अन्यत्र पनि कुलपति, उपकुलपतिहरू विश्व प्रतिस्पर्धाबाट छान्ने प्रचलन छ । नेपालको संस्कृत शिक्षामा पनि यसलाई लागू गर्न जरुरी छ । यसले एकातिर संस्कृत संस्थानहरूमा योग्य मानिसहरूको प्रवेशको शुरू हुन्छ भने अर्कोतर्फ नेपाली जनशक्तिलाई पनि थप सुधार हुने अवसर प्राप्त हुने देखिन्छ । विश्वमा संस्कृत विभागहरू सञ्चालन भइरहेका र सञ्चालन गर्न इच्छुक विश्वविद्यालयहरूमा नेपालबाट जनशक्ति आपूर्ति हुने गरी शैक्षिक गतिविधिहरूमा संलग्न हुनेगरी नेपाली जनशक्तिलाई सक्षम तुल्याउन आवश्यक देखिन्छ । बहुभाषामा पकड राख्ने संस्कृतका प्राध्यापकहरू तयार गर्नेगरी नेपाल संस्कृत विश्वविद्यालयको स्तरोन्नति यस अभियानको पूर्वशर्त हो ।
सारमा भन्नुपर्दा प्राकृत भाषाका जिज्ञासु विद्यार्थीहरू, हिन्दू र बौद्ध धर्मका अनुयायीहरू, भाषा र व्याकरणविद्हरू तथा प्रोटोइन्डोयूरोपेली भाषिक वृक्षको मान्यतामा क्रियाशील पश्चिमी जगत्का संस्कृत अध्येताहरूको आवश्यकता पूरा गर्ने गरी नेपालका संस्कृतका संस्थानहरूको स्तरोन्नति आजको आवश्यकता हो । कम्तीमा विश्वका हरेक संस्कृत विभागहरूमा नेपाली शिक्षकहरू होऊन् र नेपाल संस्कृत विश्वविद्यालयमा विश्वका रहेक देशका विद्यार्थी होऊन् । ती विद्यार्थीलाई तिनकै भाषामा संस्कृत पढाउने जनशक्ति हाम्रो देशमा उपलब्ध होस् । नेपाल संस्कृत विश्वविद्यालयको पुनःसंरचना र स्तरोन्नति यस अभियानको पूर्व शर्त हो । यत्ति गर्न सक्ने हो भने संस्कृत शिक्षाको निर्यात नेपालको समृद्धको भरपर्दो आधार बन्ने निश्चित छ ।
लेखक व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।
सरकारले यसै शैक्षिक सत्रबाटै कक्षा एकमा पनि संस्कृत भाषा पठनपाठन गराउन पाठ्यक्रम विकास गरेसँगै त्यसबारे चर्चा भइरहेको छ। कक्षा १ मा कस्तो संस्कृत पढाइ हुन्छ र त्यसको पक्ष र विपक्षका मतहरू के-के हुन्?
काठमाडौं : शसस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोही माओवादीको निशानामा परी बन्द भएको संस्कृत पठनपाठन विद्यालयहरूमा फेरि सुरू गर्न लागिएको छ।
मातृभाषा नपढाउने स्थानीय तहले त्यहाँका विद्यालयहरूमा कक्षा आठसम्मको पाठ्यक्रममा अब संस्कृत भाषा अध्ययन समावेश गर्नुपर्नेछ। कक्षा आठसम्मका लागि पुस्तक तयार पारिँदैछ भने कक्षा एकम...