भुटान सरकारले दिएको २ लाख ३० हजार एष्ट्राजेनेकाको खोप काठमाडौं आइपुगेको छ। भुटानको ड्रुक एयरलाइन्सले शुक्रबार बिहान खोप नेपाल ल्याएको हो। भुटानले विभिन्न मुलुकबाट ल्याएको खोप आफ्ना नागरिकलाई लगाइसकेपछि बाँकी रहेको खोप नेपाललाई दिएको हो। यसअघि परराष्ट्र मन्त्रालयले भुटानबाट सापटीमा खोप ल्याउन लागेको जनाएको थियो। भुटानका ९५ प्रतिशत बढीलाई पूर्णखोप लगाइसकेपछि बाँकी रहेको खोप नेपाल […]