काठमाडौं : राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेलसँग प्रतिस्पर्धा गरेका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति निर्वाचनको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको बताएका छन्।राष्ट्रपतिको बिहीबार भएको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल विजयी भएपछि नेम्वाङले लोकतन्त्रमा विश्वास गर्नेले प्रतिस्पर्धामा विश्वास गर्नुपर्ने धारणा व्यक्त गरे।पूर्वसभामुख नेम्वाङले भने, ‘घोषणा भएको निर्वाचन परिणामलाई पनि मैले त्यसै रूपमा लिएको छु। राष्ट्रपतिजस्तो सम्मानित पद