माधव नेपालका कारण मन्त्रिपरिषद विस्तार रोकियो

काठमाडौं, १४ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका कारण आज हुने भनिएको मन्त्रिपरिषद्को विस्तार रोकिएको छ । सम्भवतः भोलि मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेपालसँग आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेर भोलि केही नामहरु मन्त्रीका लागि दिने जवाफ दिएका छन् । विश्वस्त स्रोतका अनुसार नेपालले गैर सांसदहरुलाई मन्त्रीका […]

सम्बन्धित सामग्री

बालुवाटारमा गठबन्धनको बैठक सुरू, संसद, मन्त्रिपरिषद र एमसीसी मुख्य एजेण्डा

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक सुरू भएको छ ।  संसद सञ्चालन, मन्त्रिपरिषद विस्तार र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतको विषयमा छलफल गर्न गठबन्धनको बैठक बोलाएको बताइएको छ ।  प्रधानमन्त्री निवासमा भइरहेको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । नेपालगञ्जबाट आज ...

भोलि मन्त्रालय बाँडफाँड, पर्सि मन्त्रिपरिषद् विस्तार, को–को बन्दैछन् मन्त्री ?

सरकार विस्तारको गाँठो फुकाउन राजनीति दलका नेताहरू छलफलमा जुट्न थालेका छन् । सरकार बनेको डेढ महिना बित्दा पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।  मन्त्रिपरिषद् विस्तार हुन नसक्दा सरकारका कामहरू अलपत्र पर्न थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले चार मन्त्री र एक राज्य मन्त्रीको भरमा सरकार चलाइरहेका छन् ।  एमालेबाट विद्रोह गरेको माधव नेपाल पक्षलाई सरकारमा सहभागी गराउने उद्देश्यले सत्तारूढ गठबन्धनले सरकार विस्तारमा ढिलाइ गरेको थियो । माधव नेपालले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरेपछि पाँचदलीय गठबन्धन...

फराकिलो बन्दै ओली र नेपालको फरक–फरक बाटो

तेस्रो धारमा रहेका नेताहरुलाई आफ्नो पक्षमा ल्याउने केपी शर्मा ओलीको योजना पूरा भएसँगै नेकपा एमालेले आफ्नो बाटो तय गरेको छ । सँगै नेकपा एकीकृत समाजवादी गठन गरेर गठबन्धन सरकारमा सहभागी हुने माधवकुमार नेपालको लक्ष्य पनि पूरा हुँदैछ । निर्वाचन आयोगले प्रक्रिया पुर्याएर आज बुधबार नै नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने तयारी गरेको छ । नयाँ दल दर्ता भएपछि नेपाल नेतृत्वको पार्टीले आफ्नो लय समात्नेछ । अनि माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता भएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने बाटो पर्खेर बसेका प्रधानमन्त्री...

किन भएन मन्त्रिपरिषद विस्तार ? सरकारको चाबी माधव नेपालको खल्तीमा !

प्रधानमन्त्री नियुक्त भएको तीन साता बितिसक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । आखिर किन हुन सकिरहेको छैन मन्त्रिपरिषद विस्तार ? ढिलासुस्तीको दोषी को हो ? काँग्रेस ? माओवादी ? जसपा ? माधव नेपाल ? वा अरु नै कोही ?सर्वोच्च अदालतको आदेशपछि गत असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका हुन् । शुरुकै दिन माओवादीबाट पम्फा भुसाल र जनार्दन शर्मा अनि काँग्रेसबाट बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाइएको थियो । पछि प्रधानमन्त्रीले गठबन्धन दलहरूसँग स

प्रधानमन्त्री देउवाको सारथीमा महामन्त्री खड्का, विमलेन्द्र निधिलाई बेवास्ता

काठमाडौं, ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्नको लागि हतार नगर्ने भएका छन् । सबै पक्षलाई समेटेर अघि बढाउनेगरि उनी आन्तरिक गृहकार्यमा जुटेका छन् । माओवादी केन्द्र, जसपा र नेकपा (एमाले) को माधव नेपाल समूह र जनमोर्चाको समर्थनमा उनी प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले सकेसम्म सबैलाई सरकारमा समावेश गराउन चाहेका छन् । […]

माधव पक्षका नेतालाई मन्त्री बनाउन ओलीको पर्खाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपरान्ह ५ बजेसम्म मन्त्रिपरिषद  विस्तार गरिसक्ने योजना बनाएका थिए । तर, माधव नेपाल पक्षलाई पनि समेट्ने अन्तिम प्रयासस्वरुप आइतबार मन्त्रिपरिषद विस्तार भएन ।प्रधानमन्त्री ओलीले आफूसँगै राखेका ६ वटा मन्त्रालयमा पूर्वमाओवादी र एमालेका नेताहरुलाई समेटेर आइतबार थप मन्त्रीहरु नियुक्त गर्ने तयारी ग...