विराटनगर : मोरङको विराटनगरमा आदिवासी चलचित्र महोत्सव २०७८ हुने भएको छ। संघीय राजधानीबाहिर पहिलोपटक विराटनगरमा आगामी पुस ९ र १० गते महोत्सव हुन लागेको हो।दुई दिनसम्म चल्ने महोत्सवअन्तर्गत प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि सदनमा आदिवासी समुदायका विभिन्न भाषाभाषीका चलचित्रहरु प्रदर्शन हुने कार्यक्रम छ। आयोजक राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहकार्यमा महोत्सव हुन लागेको हो। समितिले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो।आदिवासी जनजातिहरुको भा