मधेस प्रदेशका कांग्रेस, माओवादी केन्द्र र नेकपा एसका मन्त्रीहरूले शुक्रबार दिनभरमा पनि राजीनामा नगरे मुख्यमन्त्री लालबाबु राउतले पदबाट हटाउने भएका छन् । केन्द्र सरकारको गठबन्धन फरिएसँगै त्यसको असर मधेस प्रदेश सरकारमा पनि परेको हो । पाँच दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टी चुनावी तालमेल गर्न नेकपा एमालेसँग पुगेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्र सरकारमा सामेल जसपाका चार मन्त्रीलाई बिहीबार हटाएका थिए । जनता समाजवादी पार्टी (जसपा)का मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले श