नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री मुखमा कालो टेप लगाएर विरोध सभामा उपस्थित भएकी छन् ।
प्रतिगमन मुर्दावाद लेखिएको कालो कपडा, हातमा कालो पट्टी र मुखमा कालो टेप लगाएर सम्बोधनका लागि झाँक्री पोडियममा पुगेकी थिइन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर उनलाई प्रहरीले निगरानीमा राखेको बताइएका बेला झाँक्रीले भृकुटीमण्डपमा आयोजित विरोध सभामा सम्बोधन गरेकी हुन् ।
उनले मुखको टेप निकालेपछि 'बोल्न पाइन्छ' भन्दै भाषण शुरू गरेकी थिइन् ।