५ महिनामै ४ वटा पाँचतारे होटेल थपिए, ठमेलको अलफ्ट १५ औं

२० असार, काठमाडौं । अन्तर्राष्ट्रिय होटेल चेन ब्राण्ड मेरियटको नेपालमा तेस्रो होटेल अलफ्ट काठमाडौं ठमेलले पाँचतारे प्रमाणपत्र प्राप्त गरेको छ । पर्यटन विभागको १६ असारको निर्णय अनुसार अलफ्टले पाँचतारे मान्यता प्राप्त गरेको हो । अलफ्ट नेपालको …

सम्बन्धित सामग्री

डिलक्ससहित पाँचतारे होटेल १७ पुगे

काठमाडौं। पाँच तारा डिलक्स र पाँच तारास्तरको इजाजत लिएर सञ्चालनमा आएका होटेलको संख्या १७ पुगेको छ । एउटा डिलक्स पाँचतारा स्तरको र अन्य १६ ओटा पाँचतारास्तरको गरी पर्यटन विभागबाट उक्त संख्याका होटेलले इजाजत लिएका हुन् । होटेलले आफ्नो पूर्वाधार, सेवा तथा सुविधाका आधारमा पर्यटन विभागबाट तारास्तरको वर्गीकरण पाउँछन् । यसका लागि होटेलले विभागमा निवेदन दिनुपर्छ । मुलुकमा सञ्चालनमा आएकामध्ये केही होटेलले यस्तो रेटिङका लागि विभागसमक्ष निवेदन दिने तयारी पनि गरेका छन् । केही होटेल निर्माणाधीन अवस्थामा छन् । निकट भविष्यमै पाँचतारा स्तरको रेटिङ लिने होटेलको संख्या बढ्ने विभागको अनुमान छ । भारतको हस्पिटालिटी चेन ब्रान्ड ‘लेमन ट्री प्रिमियर’को व्यवस्थापन भित्त्याएको बूढानीलकण्ठ हेरिटेज लिमिटेडले पनि पाँचतारा स्तरको रेटिङ लिन निवेदन दिने तयारी गरिसकेको छ । विभागले हालै सार्वजनिक गरेको पाँच तारा डिलक्स तथा पाँच तारा होटेलको विवरणअनुसार ती होटेलले इजाजत नवीकरण गरेका छन् ।  विभागका अनुसार पाँचतारे डिलक्स तथा सोही स्तरका होटेलमा कुल कोठा संख्या २ हजार ३४६ छ । विभागले गरेको रेटिङअनुसार पाँचतारे डिलक्स होटेल एउटा मात्रै छ । झापाको धुलाबारीमा सञ्चालनमा आएको होटेल मेची क्राउनले उक्त स्तरको रेटिङ लिएको हो ।  पाँचतारे स्तरमा नवीकरण गराउनेमा काठमाडौंका सोल्टी होटेल, होटेल अन्नपूर्ण, तारागाउँ रिजेन्सी होटेल लिमिटेड (हायात), द मल्ल होटेल प्रालि, होटेल सांग्रिला, होटल एभरेस्ट, होटेल अलफ्ट, हायात प्लेस, होटेल ल्हासा इन्टरनेशनल, अकामा होटेल रहेका छन् । यस्तै उपत्यका बाहिर रूपन्देहीस्थित टाइगरवान प्रालि, बाँकेको नेपालगञ्जस्थित सोल्टी शिवक्रिम होटेल्सको सोल्टी वेस्टेन्ड प्रिमियम, बाँकेस्थित होटेल सेन्ट्रल प्लाजा, झापाको होटेल द किंग्सबरी, बाराको सिमरास्थित इच्छा होटेल पाँच तारास्तरको रेटिङमा वर्गीकरण भएका छन् ।  पाँचतारे स्तरको मापदण्ड पूरा गरेका होटेलले इजाजत लिनै बाँकी  नयाँ पाँचतारे होटेल संघीय राजधानी काठमाडौं केन्द्रित विभागको पछिल्लो तथ्यांकअनुसार अझै पनि पाँच तारास्तरका होटेल संघीय राजधानीबाहिर निकै कम सञ्चालनमा आएको देखिएको छ । अधिकांश पाँच तारास्तरका होटेल काठमाडौंमा छन् । त्यसमा पनि पछिल्लो समयमा बनेका होटेलको संख्या पनि काठमाडौंमै बढी छ । पछिल्लो समय थपिएका र विभागबाट पाँच तारास्तरको रेटिङको इजाजत लिएका होटेलमा ताहाचलको हायात प्लेस, अकामा, अलफ्ट र होटेल ल्हासा इन्टरनेशनल छन् । यस्तै होटेल एशोसिएशन नेपाल (हान)का अध्यक्ष विनायक शाहले सरकारले तोकेको मापदण्ड पूरा गरेका होटेलहरूले इजाजतका लागि विभागमा निवेदन दिने हो भने यो संख्या बढ्ने बताए । ‘दर्ता गर्ने हो भने यो संख्या धेरै पुग्छ,’ शाहले भने, ‘काठमाडौंमै ६/७ ओटा र बाहिर पनि उत्ति नै संख्यामा होटेल बनेका छन् ।’ यद्यपि उपत्यका त्यो पनि काठमाडौंभन्दा बाहिर नजानेमा व्यवसायीको आफ्नै व्यावसायिक योजना हुने र अन्य कनेक्टिभिटी जस्ता पूर्वाधारका कारण पनि जान नसक्ने अवस्था रहेको शाहको भनाइ छ ।