काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले केही दिनअघि वीर अस्पतालको क्याथ ल्याब उद्घाटन गर्न जाँदा स्वास्थ्यमन्त्री पदम गिरीसँग रिबन काटेपछि आलोचना भएको विषयलाई प्रष्टीकरण दिएकी छन्।
राज्य मन्त्री कार्कीले भनिन्‚ ‘तपाईंलाइ पनि बोलाउनु भएको रहेछ‚ सँगै जाऊँ भनेर मन्त्रीज्यूले भन्नु भयो। म आफैँ पनि मेडिकल काउन्सिलको सदस्य भएको कारणले अस्पतालका निर्देशक र अन्य चिकित्सकले तपाई जसरी पनि आउनु भन्नु भएको थियो। त्यस अवसरमा आयोजकले नै हामीलाई उद्घाटनका लागि द...