सत्ता सहकार्य गरे जसपाको माग पुरा गर्न प्रम ओली तयार

 सत्ता सहकार्यदेखि तराईमा देखिएका विभिन्न समस्या समाधान गर्ने उद्देश्यले आवश्यक छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) ले छुट्टाछुट्टै कार्यदल गठन गरेका छन् । कार्यदलमा एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्रीसमेत रहेका उपमहासचिव विष्णु पौडेल, प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई छन् भने जसपाबाट सोही पार्टीका नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।सदस्य शुक्लाले कार्यदल गठन भएको पुष्टि गरेका छन् । कार्यदलको

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनेर लेखेको छैन : प्रम ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि आफूले मार्ग प्रशस्त गरिसकेको अवस्थामा राजीनामा दिन नपर्ने बताएका छन्।आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘राजीनामा दिनुपर्छ भनेर कहाँ लेख्या छ ?’उनले राजीनामा नदिएर नयाँ प्रक्रियामा जान नरोकिएको भन्दै उनले राष्ट्रपतिले दिएको समयभित्र वैकल्पिक सरकार बनाउन वा आफूलाई नै समर्थन गर्न आग्रह गरे।

मदन भण्डारीका योगदान दूरगामी महत्वका छन् : प्रम ओली

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका तत्कालीन महासचिव मदन भण्डारीका योगदानहरु दूरगामी महत्त्वका रहेको बताएका छन्।२८ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा जारी प्रेस वक्तव्यमा ओलीले भण्डारी नवीन विचारका प्रतिवादक र मौलिक सिद्धान्तका अन्वेषक भएको उल्लेख गरेका छन्।उनले ३ वर्षअघि आजकै दिन कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाउने अभियान सुरु गरेको भएपनि कतिपय नेताको विभाजनकारी क्रियाकलापका कारण सफल हुन नसकेको बताएका छन्।

पर्याप्त खोप ल्याउन सरकार प्रयत्नशील छ : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन, रूसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त खोप ल्याउन नेपाल सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । कोभिड–१९ र समसामयिक विषयमा सोमवार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मित्रराष्ट्रबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आपैm आवश्यक मात्रामा खोप खरीद प्रक्रिया शुरू गरिसकेको बताउनुभयो । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गर्नुभयो । गतवर्ष प्रवेश गरेको महामारीलाई एक हदसम्म नियन्त्रणमा ल्याइए पनि पुनः प्रवेश गरेको दोस्रो लहरबाट जनजीवन प्रभावित भएकाले यसमा सचेत हुन उहाँले अनुरोध गर्नुभयो । साथै छिमेकी र मित्रराष्ट्रलाई अक्सिजनलगायत स्वास्थ्य पूर्वाधारमा सहयोग गर्न समेत आग्रह गर्नुभयो ।      प्रधानमन्त्री ओलीले गतवर्ष नै उपप्रधानमन्त्रीको संयोजकत्वमा कोभिड रोकथाम र नियन्त्रणका लागि उच्चस्तरीय समिति गठन गरिएको र त्यसबाट सरकारी निकायबीच समन्वय गरिएको तथा देशभर होल्डिङ सेन्टर र क्वारेन्टिन व्यवस्थापन गराइएको स्मरण गर्दै स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा नेपालले क्रमशः प्रगति हासिल गरेको दाबी गर्नुभयो ।      सबैजसो अस्पताललाई पीसीआर परीक्षण गर्न सक्ने व्यवस्था गरिएको भन्दै उहाँले कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस्, कसैले पनि उपचार नपाएर मानिसको ज्यान ज्यान नपरोस् भनेर सरकारले सहजता अपनाएको बताउनुभयो । ‘जनताको स्वास्थ्य सुरक्षा पहिलो दायित्व हो । निषेधाज्ञाका कारण जनतालाई भोकै मर्न दिइनेछैन,’ उहाँले भन्नुभयो, ‘यस स्थितिमा पनि अर्थतन्त्र र रोजगारीलाई गतिशील बनाइनेछ । जनताको उपचार र सेवामा सबैको त्याग, लगनशीलता र समर्पणको प्रशंसा गर्दछु ।’    अस्पतालमा शय्या लुकाउने वा अनिययमिता जस्ता कार्य भेटिएमा कारबाही गरिने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले अक्सिजन उत्पादन बढाउन पनि पहल भइरहेको बताउनुभयो । रासस

नेपालको आगामी राजनीति कसरी अघि बढ्ला ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को घरझगडाले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले सहजै बदर गरिदियो । प्रतिनिधिसभा विघटन गरे पनि नेपालको राजनीतिक वातावरण भने अझै सङ्लिन सकेको छैन । प्रतिनिधिसभा पुनस्र्थापनापछि पनि सत्तारूढ दलको विवाद अझै समाधान नहुँदा ओली नेतृत्वको सरकारमाथि विभिन्न टीकाटिप्पणी भइरहेको छ । प्रम ओली इतरका समूह खास […]

प्रतिनिधि सभा विघटनपछि पहिलोपटक राष्ट्रिय सभामा जाँदै प्रम ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको आइतवारको बैठकलाई सम्बोधन गर्ने भएका छन् । ओलीका सञ्चारविज्ञ रामशरण बजगाईले प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजन पछि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाल समूह एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा छन् । ओलीले प्रचण्ड-नेपालको चर्को आलोचना गरिरहेका ओलीले वैशाखमा... The post प्रतिनिधि सभा विघटनपछि पहिलोपटक राष्ट्रिय सभामा जाँदै प्रम ओली appeared first on Purbeli News.