अफगानिस्तानको राजधानी काबुल सहरमा नियमित विद्युत् आपूर्ति नहुँदा झण्डै ६ सय कम्पनी बन्द हुने अवस्थामा पुगेका छन् ।
विद्युत् आपूर्तिको समस्या खेप्दै आएका ५ सय ८० वटा भन्दा धेरै उद्योगको नियमित उत्पादन बन्द हुने अवस्था देखिएको हो ।
अफगानिस्तानको उद्योग तथा खानी विभागका अनुसार उद्योग नियमित सञ्चालन हुन नसक्दा झण्डै चार हजार ५ सय कामदारले रोजगारी गुमाउने भएका छन् ।
सन् २०२१ को नोभेम्बरमा अफगान राष्ट्रिय ऊर्जा कम्पनीले अफगानिस्तानलाई ८ सय ५० मेगावाट विद्युत् आवश्यक रहेको उल्लेख गरेको थियो । तर छिमेकी देशबाट विद्युतको आय...