हास्य–व्यङ्ग्य र प्रहसन गर्न सडकमा आएका हाेइनाैँ, गणतन्त्र धरापमा पर्‍याे : प्रचण्ड

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेकाले यसलाई जोगाउन आफूहरू सडकमा आएको बताउनुभएको छ । आफूहरू कुनै हाँस्य–व्यङ्ग्य गर्न र प्रहसन गर्न नागरिक र कार्यकर्ताको माझमा नआएको भन्दै उहाँले लोकतन्त्र नै...

सम्बन्धित सामग्री

जो नयाँ राष्ट्रपति बन्ने चर्चामा छन्

काठमाडौँ : गणतन्त्र आएपछि राष्ट्रपति बनेका दुवै दलीय व्यक्तिले शक्तिको दुरुपयोग गरेपछि सत्ता गठबन्धनका नेताहरू यतिबेला गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउनेबारे बहसमा छन् । भारतमा जस्तै गरि गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाएर सरकारलाई काम गर्न पनि सहज हुने गरि राष्ट्रपतिको चर्चा भइरहेको छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले तत्कालीन प्रचण्ड नेतृत्वको सरकारलाई सडकमा पुर्याउने […]

चुनावपछि यो प्रणाली बदल्न म सडकमा जान्छुः प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलगत्तै आफू सडक संघर्षमा जाने घोषणा गरेका छन्। निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै मुलुकलाई रुपान्तरण गर्न आफू निर्वाचनपछि लगत्तै सडक संघर्षमा जाने उनको भनाइ थियो। आइतबार काठमाडौँमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै उनले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि […]

सडकमा नाराबाजी गर्दै प्रचण्ड: केपी तेरो पाराले, दु:ख पायो साराले! (भिडिओ)

सातदोबाटो चोकमा प्रचण्ड सहभागी नाराबाजीमा प्रदर्शनकारीले 'काम चलाउ म्यादी सरकार मुर्दावाद', 'असंवैधानिक नियुक्ति खारेज गर', 'राष्ट्रघाती होसियार', 'गणतन्त्र जिन्दावाद'  'केपी तेरो पाराले दु:ख पाए सारा'ले जस्ता नारा लगाएका थिए। जुलुसमा प्रचण्डले पनि नाराबाजी गरेका थिए।

कम्युनिस्ट आन्दोलनबाट गद्दार नेता जन्मिदो रहेछ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेपाल कम्युनिस्त पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल पक्षकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले सडकमा फेरि पनि धक्का दिनैपर्ने अवस्था आएको बताएकी छन् । प्रचण्ड–माधव पक्षको काठमाडौं जिल्ला कार्यकर्ता भेलामा उनले भनिन्,'सडकका फेरि पनि धक्का दिनैपर्ने अवस्था आएको छ । काठमाडौंबासी लोकतन्त्र र गणतन्त्र प्रेमी हुनुह...

संसद विघटन विरुद्ध २३ राजनीतिक दल तथा संघसंस्थाद्वारा विरोधसभा (फोटो)

प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।। संसद विघटन विरुद्ध २३ राजनीतिक दल तथा सङ्घसंस्थाहरूले विरोधसभा सम्पन्न गरेका छन् । ‘ओली सरकारको संसद विघटन गर्ने प्रतिगमनउन्मुख फासीवादी कदमका विरुद्ध सङ्घर्ष गरौँ !’ मूल नाराका साथ २०७७ पुस १९ गते नयाँ बानेश्वरमा विरोधसभा सम्पन्न भएको हो । विरोधसभालाई सम्बोधन गर्दै नेकपा (मसाल) प्रवक्ता रामप्रकाश पुरीले ओली सरकारद्वारा संसद विघटन गर्ने कार्यलाई २०६२–६३ सालको जनान्दोलनको उपलब्धि समाप्त गर्ने प्रयासको सङ्ज्ञा दिनुभयो । लोकतान्त्रिक गणतन्त्र २०६२–६३ सालको जनआन्दोलनको प्रमुख उपलब्धि रहेको बताउँदै उहाँले त्यसको रक्षाका अहिले सडक आन्दोलन नै उपयुक्त विकल्प भएको उहाँको ठहर थियो । प्रवक्ता पुरीले भन्नुभयो– ‘जनान्दोलन सशक्त बनाउन नसके महान् जनान्दोलनको उपलब्धि गुम्ने र राजनीतिक अस्थिरता कायम हुने छ ।’ सत्तारूढ नेकपाभित्रको आन्तरिक कलहका पछाडि सत्तास्वार्थ प्रमुख रहेको उहाँको भनाइ थियो । ‘आन्तरिक रूपमा सत्तास्वार्थ नमिल्दा जनतालाई अप्ठ्यारोमा पारियो’ प्रवक्ता पुरीले भन्नुभयो– ‘एमसिसीको विरोधमा सत्तारूढ दलभित्रैबाट चर्को विरोध थियो, तर अहिले त्यो मुद्दा सडकमा खै ?’ उहाँले अहिले सत्तास्वार्थको कारण एमसिसी, सीमा अतिक्रमणलगायतका राष्ट्रियताका मुद्दा गुम्दै गइरहेको बताउनुभयो । केपी ओली सरकारले पार्टीभित्रको आन्तरिक कलहका कारण संसद् विघटन मात्रै होइन, सङ्कटकालसम्म विस्तार पाउन सक्ने उहाँको आशङ्का थियो । ‘संसद पुनःस्थापना भयो भने प्रधानमन्त्री ओलीले सङ्कटकाल पनि लगाउन सक्छन्’ उहाँले भन्नुभयो– ‘त्यो खतराको विरुद्ध पनि यो आन्दोलन सचेत हुनुपर्दछ ।’ कार्यक्रममा सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले अहिले देशमा सडकको राजनीतिक तापक्रम बढ्दै गइरहेको बताउनुभयो । ‘हामीले चिसो सडकमा केपी सरकार गलत नीतिका विरुद्ध सडक आन्दोलन सुरु गरेका थियौँ’ उहाँले अगाडि भन्नुभयो– ‘अहिले त संविधान बनेपछि आन्दोलनको युग सिद्धियो भन्ने प्रचण्ड–माधवहरू नै आन्दोलनमा छन् ।’ आन्दोलनको सुरुवात आफूहरूले गरेको बताउँदै उहाँले २३ दल आन्दोलनमा डटिरहने बताउनुभयो । सम्बोधनको क्रममा उहाँले सत्तारूढ नेकपाको पोल खोलाखोल गरेकोमा दुवै पक्षलाई धन्यवाद दिनुभयो । उहाँले ब्यङ्ग्यात्मक रूपमा भन्नुभयो– ‘हामीलाई हाइसञ्चो छ । हामीले गर्नुपर्ने काम केपी र प्रचण्डले आपसमै गरिरहेका छन् ।’ ‘२०६२–६३ सालको जनान्दोलनअघि गणतन्त्रलाई आन्दोलनको नारा बनाउने निर्णय ...