काठमाण्डाै – हङकङमा प्रजातन्त्रको पक्षमा वकालत गर्ने 'एप्पल डेली' पत्रिका बन्द हुने भएको छ । राष्ट्रिय सुरक्षा कानुन उल्लङ्घन गरेको भन्दै सरकारी धरपकड बेहोर्दै आएको कम्पनीको बोर्डले आउँदो शनिवार अन्तिम अङ्क प्रकाशन गरेर पत्रिका बन्द गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ ।
हङकङ सरकारले गएको हप्ता एप्पल डेलीसँग जोडिएका तीन वटा कम्पनीको २३ लाख अमेरिकी डलर बराबरको रकम फ्रिज गरेकाे थिए । बैंकहरूले आफूहरूको खातामा रहेको पैसा दिन अस्वीकार गरेकाले पत्रिका बन्द गर्नुपर्ने अवस्था आएको पत्रिकाका संस्थापक जिमी लाईका सल्लाहकार...