२०७२ सालको विनाशकारी भूकम्प र कोरोना महामारीका कारण प्रभावित भएका रानीपोखरीमा अवस्थित बालगोपालेश्वर मन्दिरमा यसपटक भने विहानैदेखि टीका लगाउनेको भीड लागेको छ । दिदीबहिनी नहुनेका लागि तिहारको भाइटीकाका दिन मात्र खुला गरिने रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज विहान ५ बजेदेखि नै खुला गरिएको छ । यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी …