सन्तोषी मजकोटी, तनहुँ ।
हामी परदेशीका श्रीमती धेरैलाई विदेशमा श्रीमान् कुन कम्पनीमा काम गर्छन् भन्ने कुरा थाहा हुँदैन ।
यो काम गर्छन् भन्ने जानकारी भए पनि कम्पनी कुन हो, कुन लोकेसनमा पर्छ, साथीभाइ को को हुन्, म्यानेजर, सुपरभाइजर को छन् भन्ने कुरामा हामीले खासै वास्तै नगरिँदो रहेछ । मलाई पनि केही समय अघिसम्म थाहा थिएन ।
जब म मेरो गाउँमा सञ्चालन भएको वित्तीय साक्षरता कक्षामा बसेँ तब पो झसङ्ग भएँ । कक्षामा पढाउने सरले श्रीमानको बारेमा सोध्दा पो अनुभव भयो मलाई त श्रीमान् गएको देश बाहेक केही पनि थाहा रहेन...