काठमाण्डौ – काठमाण्डौको मातातीर्थमा विद्युत् प्रसारण लाइनको टावरमा अरिङ्गालले लगाएको गाेलाे विद्युत् प्राधिकरणले मान्छे लगाएर पोलेको छ । तीन जना मान्छेलाई पारिश्रमिक दिएर आज बेलुका अरिङ्गालको गाेलाे पोलिएको काठमाण्डौ ग्रिडका प्रमुख विनोद लोहनीले उज्यालोलाई जानकारी दिनुभयो । ‘तीन जनाले गाेलाे पोल्नुभएको छ, अब भोलि बिहानदेखि हामीले तार जडानको काम थाल्छौँ ’ लोहनीले भन्नुभयो । उनीहरुले मागेअनुसार १० हजार रुपैयाँ पारिश्रमिक दिएको प्राधिकरणले जनाएको छ ।अरिङ्गालको गोलोका कारण काठमाण्डौको मात...