१३, मंसिर, काठमाडौं । काठमाडौ ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रदीप पौडेलले बोलाएको आफूसँगै प्रतिस्पर्धा गरेका उम्मेदवारहरुको सामूहिक बैठकमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अनुपस्थित भएका छन् । क्षेत्रको विकासका लागि सामूहिक प्रयत्नका लागि बोलाएको छलफलमा यसै क्षेत्रका पूर्व सांसद पोखरेल छलफलमा नआएको पौडेलले बताए । ‘यस क्षेत्रमा उम्मेदवार भएका सबैलाई मैले छलफलका […]
मंसिर ४ गते हुने आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका ईश्वर पोखरेल चुनावी मैदानमा छन् । उनीसँगको प्रतिस्पर्धामा सत्ता गठबन्धनका प्रदीप पौडेलसहितका उम्मेदवार छन् । उनै पोखरेलसँग चुनावी अभियानका विषयमा केन्द्रित रहेर गरिएको संक्षिप्त कुराकानीः निर्वाचनको सँघारमा तपाईं जनताको घरदैलो गर्दै हुनुहुन्छ, मत माग्दै हुनुहुन्छ । तपाईंप्रति यहाँका जनताहरुको सद्भाव कस्तो पाउनुभयो ?संविधानसभाको निर्वाचनपछि, संविधान जारी भएपछि म दोस्रो पटक यो क्षेत्रबाट उठ्दै छु ।
२० माघ २०१० मा ओखलढुंगामा जन्मिएका ईश्वर पोखरेल अहिले टोखा, काठमाडौंका स्थायी बासिन्दा हुन् । स्नातक तहसम्मको अध्ययन पूरा गरेका उनी २०२४ देखि राजनीतिमा छन् । उनले २०२७ सालमा १७ वर्षकै उमेरमा नेपाल कम्युनिस्ट पार्टी (पूर्व कोशी प्रान्तीय कमिटी)को सदस्यता पाएका थिए । २०३० सालबाट भूमिगत राजनीति सुरु गरेका पोखरेल २०३५ मा नेकपा (माले)को संस्थापक […]
काठमाडौं, १० फागुन । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता जारी छ । मंगलबार डेढ घण्टा यता नेताहरुबीच छलफल भइरहेको छ । साँझ ६ः३० बजे एमाले अध्यक्ष ओली बालुवाटार प्रवेश गरेका थिए । ओलीसँगै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल […]
नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेता ईश्वर पोखरेल अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्क सफारी होटल पुगेका छन् ।
यसअघि भएको भेटमा उनले वरिष्ठ उपाध्यक्ष आफूले पाउनुपर्ने नभए पद नै खारेज हुनुपर्ने माग गरेका थिए ।
त्यही पदमा दाबी गरेका सुवास नेम्वाङले पनि असन्तुष्टि जनाएका छन् ।
वरिष्ठ उपाध्यक्ष र महासचिवमा ओली पक्षीय नेताहरूबीच नै सहमति हुन नसक्दा बन्दसत्र सञ्चालनमा ढिलाइ भइरहेको छ । बिहान १० बजेका लागि तोकिएको बन्दसत्र अहिलेसम्म शुरू हुन सकेको छैन ।
काठमाडौं, ६ कात्तिक । नेकपा एमालेको १०औं महाधिवेशनमा १५ पदाधिकारीमा नेताहरुको दाबी चलिसकेको छ । अध्यक्षमा केपी शर्मा ओली प्रतिष्पर्धीविहिन जस्तै रहेका छन् । उनी पक्षधर हस्ती नेताहरुले १०औं महाधिवेशनमा ओली निर्विकल्प भएको बताइसकेका छन् । ओलीको पक्षमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायत हस्ती नेताहरु छन् । तर, यी […]
२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उपप्रधानमन्त्री ईश्वर पोखरेल बाहिरिने भएका छन् । उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि बाहिरिने भएका प्रधानमन्त्री निकट स्रोतले बताएको छ । अब परराष्ट्र मन्त्रालयको जिम्मा एमालेका रघुबीर महासेठले पाउनेछन् । उनी उपप्रधानमन्त्रीको हैसियतमा मन्त्रिपरिषदमा सहभागी हुनेछन् । यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि उपप्रधानमन्त्री बन्ने भएका […]
राष्ट्रियसभाका लागि आज भएको उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादल हारेपछि एमाले महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल आक्रोशित देखिएका छन् । उनले माधव नेपाल पक्षको भूमिका अत्यन्तै निकृष्ट र अक्षम्य भएको प्रतिक्रिया दिएका छन् । ‘यसखाले अराजक कृत्यले नेकपा (एमाले) भित्र बनिरहेको एकताको वातावरण धुमिल बनाइदिएको छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पार्टी विरुद्धमा आज गरिएका यी अपराधपूर्ण कामले पार्टी विधान, पद्दति , प्रक्रिया, नीति, निर्णय र निर्देशनको व