भारतमा कोरोनाभाइरसको दोस्रो लहर फैलिएसँगै त्यहाँ कार्यरत नेपालीलाई सहयोग गर्नका लागि कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले पहल थालेको छ । विशेषगरी पश्चिम बंगाल राज्यमा बसोबास गर्ने प्रवासी नेपालीलाई प्रतिकूल अवस्थामा कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे शनिबार प्रवासी नेपाली संघ संस्थाका प्रतिनिधिहरुसँग आकस्मिक छलफल गरिएको महावाणिज्यदूत ईश्वर राज पौडेलले जानकारी दिए ।
स्वास्थ्य मापदण्ड पालना गर्दै बसेको बैठकले नेपालीहरुको आपतकालीन अवस्थामा उद्दार, सहयोग कार्यका लागि २४ सै घण्टा प्रतिकार्य रेस्पोन्स एण्ड एक्सन टीम बनाउने निर्णय...