एजेन्सी। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले मंगलबार जेरुसलेममा पुनः महावाणिज्य दूतावास खोल्ने बताएका छन्। यो कदमलाई अमेरिकाले प्यालेस्टिनसँग सम्बन्ध पुनःस्थापित गर्न चाहेको बुझाउने बताइएको छ। जेरुसलेममा रहेको अमेरिकी महावाणिज्य दूतावासलाई पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले निष्क्रिय बनाइदिएका थिए र इजरायलस्थित दूतावासलाई जिम्मेवारी दिएको थिए। यो कदमले प्यालेस्टाइन रिसाएको थियो। विदेशमन्त्री ब्लिंकनले जेरुसलेममा महावाणिज्य दूतावास पुनः सञ्चालन गर्ने बताए पनि तिथि भने तोकेका छैनन्।