जमुनाहा नाकाका सबै प्रहरी तानिए

नेपालगञ्ज – ‘कालापहाडे’ सँग पैसा असुली गरेको आरोप लागेपछि इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्जसहित आठ प्रहरी तानिएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेले जमुनाहाका सई पूर्ण खत्रीसहित आठ प्रहरीलाई तानेर नयाँ टोली पठाएको हो। जमुनाहामा सई मीनबहादुर विष्टलाई पठाइएको कार्यालयले जनाएएको छ। भारतको कालापहाड, सिमला, प्रयागलगायत ठाउँमा काम गरी दसैँ मान्न स्वदेश फर्केकाहरुसँग पैसा असुलेको भन्दै […]

सम्बन्धित सामग्री

निर्वाचनका लागि स्वदेश फर्किने नेपालीको जमुनाह नाकामा लर्को

रोजगारीलगायत अन्य विभिन्न कामका लागि भारत गएका नेपाली स्थानीय तहको निर्वाचनका लागि स्वदेश फर्किन थालेका छन् । स्थानीय तहको निर्वाचनको मिति नजिजिँदै गर्दा ठूल्ठूला भारतीय सहरमा रोजगारीका लागि गएका नेपाली अहिले जमुनाहा नाका हुँदै दैनिक सयौंको संख्यामा नेपाल भित्रिरहेको जमुनाहा प्रहरीले जनाएको छ । अहिले भारत जानेभन्दा फर्किने नेपालीको संख्या चार गुणाले बढेको जनाउँदै इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज वरिष्ठ सई मिनबहादुर विष्टले उनीहरुले निर्वाचनकै लागि फर्किएको जनाएको बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक हजार भन्दा बढी नेपालीहरु नेपालमा भित्रिन थालेका छन् । ‘भारतबाट फर्किने अधिकांश नेपालीले स्थानीय तह निर्वाचनमा सहभागी हुन स्वदेश फर्किएको बताउँछन्,’ उहाँले भन्नुभयो । अहिले भारत