शोधनान्तर स्थितिमा उच्च गिरावट

काठमाडौं, (नेस) । देशको शोधनान्तर स्थितिमा उच्च गिरावट आएकको छ । आर्थिक वर्ष २०७७/७८ मा शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २८२ अर्ब ४१ करोडले बचतमा रहेकोे नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा देशको चालू खाता ३३३ अर्ब ६७ करोड […]

सम्बन्धित सामग्री

महीना दिन पनि टिकेन वैदेशिक व्यापारको सुधार

काठमाडौं। वर्षपछि सकारात्मक बनेको वैदेशिक व्यापार पुन: घटेको छ । चालू आर्थिक वर्ष (आव) को असोज महीनामा बढेको वैदेशिक व्यापार १ महीनामै पुन: घटेको हो । भन्सार विभागले बिहीवार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आव २०८०/८१ को कात्तिक महीनासम्मको वैदेशिक व्यापार गतवर्षको तुलनामा ४ दशमलव १५ प्रतिशतले घटेको छ । गत आवको कात्तिकसम्ममा ५ खर्ब ८७ अर्ब ४६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएकोमा चालू आवको सोही अवधिमा ५ खर्ब ६३ अर्ब ६ करोड रुपैयाँको मात्र व्यापार भएको छ । कात्तिक महीनामा आयात तथा निर्यातमा उच्च गिरावट आएपछि वैदेशिक व्यापार पनि प्रभावित भएको हो ।  कात्तिकसम्ममा ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको आयात हुँदा ५० अर्ब ५६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । गत आवको यसै अवधिको तुलनामा आयात ३ दशमलव ७९ प्रतिशत र निर्यात ७ दशमलव ६८ प्रतिशतले घटेको विभागले जानकारी दिएको छ । कात्तिकमा मात्र १ खर्ब ४ अर्ब ७४ करोड रुपैयाँ बराबरको आयात भएको छ । यो महीना ९ अर्ब ६९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । असोजको तुलनामा कात्तिकमा आयातनिर्यात दुवै खुम्चिएको छ । असोजमा १ खर्ब ४८ अर्ब रुपैयाँको आयात हुँदा १४ अर्ब ४२ करोडको निर्यात भएको थियो । गतवर्षको तुलनामा चालू आवको असोजसम्ममा वैदेशिक व्यापार १ दशमलव ३१ प्रतिशतले वृद्धि भएको थियो । राष्ट्र बैंकले बाह्य क्षेत्रको अवस्था सबल भएको प्रतिवेदन सार्वजनिक गरिरहेका बेला वैदेशिक व्यापार पनि बढेपछि शिथिल भएको अर्थतन्त्र चलायमान हुन थालेको विश्लेषण गरिएको थियो । तर, १ महीनामै वैदेशिक व्यापारमा उच्च गिरावट देखिएको छ ।  विदेशी मुद्राको सञ्चिति सहज भएपछि सरकारले आयात प्रतिबन्ध खुला गर्नुका साथै नेपाल राष्ट्र बैंकले समेत आफ्नो नीतिमा पुनरवलोकन गरेको छ । तर, त्यसबाट वैदेशिक व्यापारमा सुधार आउन नसक्ने संकेत कात्तिकको तथ्यांकले देखाएको छ । तर, राष्ट्र बैंकको प्रतिवेदनअनुसार चालू आवको असोजसम्ममा देशको शोधनान्तर स्थिति ९९ अर्ब ७ करोडले बचतमा छ । शोधनान्तर बचत उच्च हुँदा विदेशी मुद्राको सञ्चिति पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । २०८० असोजसम्ममा विदेशी मुद्राको सञ्चिति १६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ कायम हुँदा १० दशमलव ३ महीनाको वस्तु तथा सेवा आयात धान्ने अवस्था छ । यसै गरी बैंकहरुको निक्षेप तथा कर्जा लगानी पनि बढेको छ ।  आयात–निर्यात घटेपछि वैदेशिक व्यापारघाटा भने घटेको छ । गतवर्षको ४ महीनामा ४ खर्ब ७७ अर्ब ९१ करोड व्यापारघाटा भएकोमा चालू वर्षमा ४ खर्ब ६१ अर्ब ९३ करोड रुपैयाँ बराबरको व्यापारघाटा भएको छ । आयात घटे पनि कात्तिकमा सरकारको भन्सार राजस्व संकलनमा भने सामान्य वृद्धि देखिएको छ । चालू आवको कात्तिकसम्म सरकारले भन्सारबाट १ खर्ब ३७ अर्ब ८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गतवर्ष कात्तिकसम्म भन्सारबाट १ खर्ब २६ अर्ब ६२ करोड रुपैयाँ राजस्व उठाएको थियो ।