काठमाण्डौ – नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ । सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धिअनुसार मूल नहर निर्माण कार्य सुरु भएको थियो । नहर थालनी भएको २० वर्षभित्र नहर निमार्ण गरी सक्नुपर्ने भए पनि आयोजनालाई २६ वर्षपछि भारतले पानी दिएको हो ।महाकाली सिँचाइ आयोजना तेस्रो चरणका अनुसार भारत तर्फबाट निमार्ण गरेको नहरको भागमा केही दिन अगाडिदेखि परीक्षण गर्नका लागि पानी छोड्न थालिएको छ । यसैगरी नेपाली पक्षले पनि आवश्यक तयारी गरेर भोलि बुधवार पानी न...