भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्छ : अर्थमन्त्री

काठमाडौँ, १२ माघ : अर्थमन्त्री डा प्रकाशशरण महतले भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । आज ७२औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा  आयोजित एक कार्यक्रममा मन्त्री डा महतले विभिन्न प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड तथा असल अभ्यासको प्रयोग गर्दै अत्याधुनिक भन्सार प्रशासन निर्माणतर्फ सबैको पहल आवश्यक रहेको औँल्याएका हुन । “समग्र भन्सार प्रशासनलाई सुदृढ बनाई राजस्वको लक्ष्य हासिल व्यवसायको यथार्थ मूल्याङ्कनका आधारमा करको दायरमा ल्याउनुपर्छ । भन्सार क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गरी अत्याधुनिक भन्सार प्रशासन निर्माणतर्फ केन्द्रित हुन आवश्यक छ”, मन्त्री महतले भने। मन्त्री महतले भन्सार क्षेत्रलाई प्रभावकारी बनाउन भन्सार प्रशासन नयाँ प्रविधि प्रयोग गर्न उत्सुक हुनुपर्नेमा जोड दिए। “भन्सार क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गर्नेमा भन्सार प्रशासन उत्सुक नभएको पाइएको छ । त्यो प्रवृत्ति त्याग्नुपर्छ । मुख्य नाकामा प्रविधिको प्रयोग बढाउनुपर्छ ।” उनले अर्थतन्त्रलाई थप चलायमान बनाउन राजस्व प्रशासनलाई चुस्त बनाउन आवश्यक रहेकोमा जोड दिए । समयसापेक्ष नविनतम प्रविधिको प्रयोग गरी सदाचारिता र पारदर्शिता कायम गर्नु आवश्यक रहेको उनको भनाइ थियो । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भन्सार क्षेत्रमा व्यावसायिक तथा प्रशासन इमान्दारिता आवश्यक रहेकोमा जोड दिए। साथै भन्सार प्रक्रियालाई अन्तर्राष्ट्रिय असल अभ्याससँग सामञ्जस्यता मिलाउन, भन्सार पूर्वाधारलाई सुधार गर्ने, पेपरलेस, फेसलेस र कन्ट्याकलेस कार्यप्रणाली अवलम्बनका लागि भन्सार तयार रहेको उनको भनाइ थियो । अर्थ मन्त्रालयका राजस्व सचिव डा रामप्रसाद घिमिरेले भन्सार प्रशासन राजस्व सङ्कलन गर्ने सामग्री मात्र नभई आन्तरिक तथा वैदेशिक व्यापारलाई मर्यादित एवं व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने माध्यम भएको बताए । उनले अन्तर्राष्ट्रिय असल अभ्यासलाई अनुशरण गर्दै भन्सार प्रशासनमा थप सुधारको खाँचो औल्याउनुभयो । मन्त्रालयका अर्थसचिव डा कृष्णहरि पुष्करले मन्त्रालयले भन्सार प्रशासनको लगानीलाई प्राथमिकतामा राखेको बताए । साथै उनले निजी क्षेत्रको सहकार्यमा विभागले सुधार गर्दै आएको पनि उल्लेख गरे । विभागका पूर्वमहानिर्देशक टङ्कमणि शर्माले अन्तर्राष्ट्रिय सीमामा राज्य खडा हुने पहिलो स्थान भन्सार रहेकाले थप व्यवस्थित, नियमनसँगै सम्मानित र मर्यादित हुन आवश्यक रहेको औँल्याए। विभागका पूर्वमहानिर्देशक कृष्णहरि बास्कोटाले भन्सार प्रशासन निजी क्षेत्र मैत्री हुन आवश्यक रहेकोमा जोड दिँदै मुलुकभित्र प्रचुर सम्भावना भएको कृषि, जलविद्युत्, पर्यटनलगायतका आन्तरिक तथा बाह्य लगानी आकर्षित गरी मुलुकलाई आर्थिकरुपमा समुन्नत तुल्याउन आवश्यक रहेको जनाए। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भन्सार प्रशासनमा थप सुदृढीकरण गर्न समयसापेक्षअनुरुप समन्वयात्मक ढङ्गले अग्रसर हुनुपर्ने र सरकारी सेवा समयबद्ध रुपमा प्रवाह हुन आवश्यक रहेको औँल्याए। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले भन्सार प्रशासनको सुधार तथा आधुनिकीकरणमा प्रतिबद्ध रही चोरी पैठारी नियन्त्रण गर्न कडाइका साथ कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको बताए । दिवसका अवसरमा अर्थमन्त्री डा महतले विद्युतीय हस्ताक्षरको शुभारम्भ, भन्सार सङ्ग्रहालय उद्घाटन, ‘भन्सार स्मारिक’ पुस्तक विमोचन गर्नुभएको छ । सोही अवसरमा विभागका पूर्वमहानिर्देशक शर्मालाई कदरपत्र प्रदान गरियो । सोही अवसरमा अर्थ, राजस्व तथा व्यवस्थापन क्षेत्रमा कलम चलाई पुर्‍याएको योगदानस्वरुप सञ्चारकर्मी भागवत भट्टराई, विभागका सर्वोत्कृष्ट कर्मचारीका रुपमा कम्प्युटर इन्जिनियर मोहमद रहीम अन्सारीलाई नगद रु १५ हजारसहित पुरस्कृत गरिएको छ । विभागले २५ उत्कृष्ट कर्मचारी, आठ एजेन्टलाई पनि सम्मानित गरेको छ ।  

सम्बन्धित सामग्री

भन्सार छलीमा कर्मचारी ?

भन्सार नाका र त्यसवरपरबाट भइरहेको चोरीपैठारीमा सरकारी कर्मचारी पनि दोषी रहेको आरोप अर्थमन्त्री प्रकाशशरण महतले लगाउनुले गम्भीर प्रश्न खडा गरेको छ । भन्सार प्रशासन हेर्ने तालुक निकाय अर्थमन्त्रालय हो र यसको जिम्मेवारीमा अहिले अर्थमन्त्री महत छन् । उनै व्यक्तिले सार्वजनिक रूपमा नै भन्सार नाकाहरूमा कैफियत रहेको र त्यसमा कर्मचारी पनि दोषी रहेको भन्नुले राज्यको संयन्त्रले […]

भन्सार चोरीपैठारी बढ्नुमा कर्मचारी पनि दोषीः अर्थमन्त्री महत

अर्थमन्त्री प्रकाशशरण महतले पछिल्लो समय भन्सार नाका नजिकैबाट चोरीपैठारी बढेको भन्दै यसमा केही रुपमा कर्मचारी पनि दोषी रहेको बताएका छन् । सोमबार भन्सार व्यवस्थापन गोष्ठीमा मन्त्री महतले भन्सार महशुलमा कमी आउनुमा कर्मचारीको पनि दोष देखिएको बताए । कडा रुपमा प्रस्तुत हुँदै उनले भने, “अहिले राजस्व घटेको छ । राजस्व घट्दा कर्मचारी दोषी छन् भनेर कठघरामा […]

भन्सार नीति परिमार्जन गर्न अर्थमन्त्री पौडेलसँग स्टिल उद्योगीको माग

२५ पुस, बुटवल । अघिल्लो सरकारले ल्याएको भन्सार नीति विभेद्कारी र पक्षपातपूर्ण भएको भन्दै फलामे छड उत्पादन गर्ने स्टिल उद्योगीहरुले उक्त नीति परिवर्तन गर्न अर्थमन्त्री विष्णु पौडेल समक्ष ५ बुँदे माग राखेका छन् । विभेदकारी र पक्षपातपूर्ण भन्सार नीतिका कारण उद्योगहरु बन्द हुँदा सरकारलाई राजस्वमा ठूलो नोक्सानी पुगेको र हजारौंको रोजगारी गुमेको उद्योगीहरुको भनाइ छ । […]

अर्थमन्त्री शर्माले गरे अनलाइबाटै भन्सार महसुल बुझाउन सकिने प्रणालीको सुरुवात

काठमाडौँ । भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको अर्थमन्त्री जनार्दन शर्माले सुरुआत गरेका छन् । ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित समारोहकाबीच उनले सो प्रणालीको सुभारम्भ गरेका हुन् । इपेमेन्ट प्रणालीको सुरुआतसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत नै तिर्नसक्ने भएका छन् । यसले घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत […]

भन्सार महसुल अब अनलाइनबाट

व्यवसायीले भन्सार महसुल अब अनलाइनबाट भुक्तानी गर्ने भएका छन् ।७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा बुधबार आयोजित भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको अर्थमन्त्री जनार्दन शर्माले सुरुवात गरेका हुन् ।इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत् तिर्न सक्ने भएका छन् । अनलाइन भुक्तानीबाट घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व संकलनमा समेत सहजता […]

अर्थमन्त्री शर्माले गरे अनलाइबाटै भन्सार महसुल बुझाउन सकिने सेवाको शुरूआत

भन्सार महसुलको विद्युतीय भुक्तानी (ई–पेमेन्ट) प्रणालीको बुधवार अर्थमन्त्री जनार्दन शर्माले शुरूआत गरेका छन् । ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित समारोहबीच उनले भुक्तानी प्रणालीको शुभारम्भ गरेका हुन् । ई–पेमेन्ट प्रणालीको शुरूआतसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत नै तिर्न सक्ने भएका छन् । यसले घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व संकलनमा समेत सहजता प्रदान गर्ने मन्त्री शर्माले विश्वास व्यक्त गरे । यससँगै ‘नयाँ युग’को शुरूआत भएको पनि उनले बताए । ‘व्यापार सहजीकरण...

सेनिटरी प्याडमा भन्सार महशुल बढाइएको छैनः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सेनटरी प्याडमा भन्सार शुल्क नबढाएको दावी गरेका छन् । सेनटरी प्याडमा भन्सार शुल्क बढाइएको भन्दै सरकारको चर्को आलोचना भएसँगै अर्थमन्त्री जनार्दन शर्माले स्पष्टिकरण दिएका छन् ।अर्थमन्त्री शर्माले बजेट प्रतिस्थापन विधेयकमार्फत् भन्सार महशुल नबढाइएको स्पष्ट पारे । उनले सेनिटरी प्याडको आयातमा आर्थिक वर्ष २०६९/०७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल यथावत राखिएको […]

भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्छ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताएका छन् ।