मानव विकास सूचकाङ्कमा नेपाल १४३ औं स्थानमा परेको छ । संयूक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडीपी)ले सोमबार सार्वजनिक गरेको ‘मानव विकास प्रतिवेदन २०२१/२२’ अनुसार नेपालको मानव विकास सूचकाङ्क ०.६०२ अंक छ । प्रतिवेदनअनुसार नेपालको प्रतिव्यक्ति औसत आयु ६८.४ वर्ष रहेको छ ।