भारतका कमेडियन स्टार तथा बलिउड अभिनेता सुनिल ग्रोवर करियरको एउटा उचाईमा पुग्न सफल भएका छन् । उनी सफल अभिनेता सँगसँगै सफल कमेडियन पनि हुन् । तर, उनले यो स्थानसम्म आइपुग्दा जीवनमा धेरै संघर्ष गरेका छन् । एक भारतीय मिडियासँग कुराकानी गर्दै सुनिलले जीवन संघर्षका विषयमा खुलाएका थिए । सुनिलले भनेका छन्, ‘म सुरुदेखि नै राम्रो मिमिक्रि गर्थेँ । अभिनय गर्नु र मानिसलाई हसाउँनुमा मेरो रुचि थियो । म १२ कक्षामा हुँदा नाटकको प्रतिष्पर्धामा भाग लिएको थिएँ । मलाई प्रमुख अतिथिले उक्त प्रतिष्पर्धामा भा