काठमाडौँ महानगरद्वारा नमूना विद्यालयलाई ९० लाख

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले तीन नमूना विद्यालयलाई रु ९० लाख रकम उपलब्ध गराएको छ। कामपाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमा नै नमूना विद्यालय घोषणा गरेको ऐतिहासिक दरबार हाइस्कुल हाताभित्र सञ्चालित भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय तथा क्षेत्रपाटीस्थित कन्या माध्यमिक विद्यालयलाई रु ३० लाखका दरले रकम उपलब्ध गराएको हो। कामपाले चालु आवमा नमूना […]

सम्बन्धित सामग्री

सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय

– दीपक बोहरा/ विसं २०५८ मा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा ज्ञान ज्योति आधारभूत विद्यालय सञ्चालन गरियो । स्थानीयले चन्दा सङ्कलन गरेर उक्त विद्यालयको कच्ची भवन निर्माण गरे। विद्यालय भवन नै हावाले उडायो । तर स्थानीयले हिम्मत हारेनन् । पुनः विद्यालय भवन बनाए र कक्षा सञ्चालन गरे । कक्षा ३ बाट पठनपाठन सुरु […]

पद्योदयलाई देशकै नमूना विद्यालय बनाउनु पर्छः पूर्वसभामुख ढुंगाना

काठमाडौं। पूर्वसभामुख दमननाथ ढुंगानाले पद्योदय विद्यालयलाई देशकै नमूना विद्यालय बनाउनुपर्ने बताएका छन्। सोमवार पद्योदय विद्यालयको ७५ औं वार्षिकोत्सव कार्यक्रममा उनले पद्योदय विद्यालयलाई देशकै नमूना विद्यालयको रुपमा स्थापित गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह गरे। प्रधानमन्त्री दाहालसंग विद्यालयको विकासका लागि अधिकतमसहयोग गर्ने अपेक्षा राखेको उनको भनाई थियो।

शिक्षा सुधारको अभियान : एक वडा, एक नमूना विद्यालय

देउखुरी – घोराही उपमहानगरपालिकाले शैक्षिक सुधारको अभियानलाई नवीन रुपमा अघि बढाउने भएको छ । उपमहानगरपालिकाले नमूना विद्यालय पहिचान गरी ‘एक वडा, एक नमूना विद्यालय’ अभियान अघि बढाउन शुरु गरेको छ । उपमहानगरको सामाजिक विकास महाशाखाले पालिकाका १९ वटै वडाको शैक्षिक अवस्था सुधार गर्न नमूना विद्यालयका रुपमा अघि बढाउन थालेको हो । सामाजिक विकास महाशाखाका अधिकृत […]

महानगरमा एक वडा : एक नमूना विद्यालय

काठमाडौँ,३ साउन । काठमाडौँ महानगरपालिकाले एक वडा : एक नमूना कार्यक्रमअन्तर्गत छनोट गरिएका सामुदायिक विद्यालयमा प्रत्येक विद्यालयलाई कुनै एक विषयको केन्द्र (हब) बनाउन थालेको छ । दुई वर्षअघि सञ्चालित नमूना विद्यालय कार्यक्रमका लागि महानगरपालिकाले प्रत्येक वडाबाट छनोट भएका कूल ३२ सामुदायिक विद्यालयलाई प्रतिविद्यालय रु दुई लाखका दरले वार्षिक अनुदान दिएको छ भने उक्त अनुदान बढाउँदै […]

महानगरमा ‘एक वडा, एक नमूना विद्यालय’

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयलाई नमूना सिकाइ केन्द्र र तालिम हवका रूपमा विकास गर्न ‘एक वडा, एक नमूना विद्यालय’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । कामपाले बिहीबार आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रममा यसलाई समावेश गरेको छ । कामपाले ३२ वडाभित्रका सबै विद्यालयको गुणस्तर सुधार गरी समयानुकुल बनाउन शिक्षाविद् तथा संस्कृतिविद् सम्मिलित एकीकृत शिक्षा […]

काठमाडौँ महानगरपालिकामा ‘एक वडा : एक नमूना विद्यालय’

काठमाडौँ / महानगरपालिकाले सामुदायिक विद्यालयलाई नमूना सिकाइ केन्द्र र तालिम हवका रूपमा विकास गर्न ‘एक वडा, एक नमूना विद्यालय’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

महानगरमा एक वडा एक नमूना विद्यालय कार्यक्रम

काठमाडौं। काठमाडौं महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा ‘एक वडा एक नमूना विद्यालय कार्यक्रम’ अघि सारेको छ। महानगरको ३२ वडाका नमुना विद्यालयलाई नमुना सिकाई केन्द्र र तालिम हबका रूपमा विकास गरिने भएको छ। महानगर क्षेत्रभित्र प्रत्येक वडामा कम्तिमा एउटा सुविधासम्पन्न एवं उच्च प्रविधियुक्त पुस्तकालयको स्थापना गरी पुस्तकालयको प्रयोगमा सबैको पहुँच सुनिश्चित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

मेयरद्वारा नमूना विद्यालय भवनको शिलान्यास

प्रदेश २ को एकमात्र महिला मेयर रिनाकुमारी साहले नमूना विद्यालय भवनको शुक्रबार शिलान्यास गरेकी छन्। रौतहटको मौलापुर नगरपालिकाको सोनरनियाँमा बन्न लागेको नमूना विद्यालय भवनको सोही नगरपालिकाको प्रमुख साहले एक समारोहबीच शिलान्यास गरेकी हुन्।