१४ असार, ढोरपाटन। अघिअघि भेडाका बथान पछिपछि गोठाला। खाली पैतला, पसिनाले निथ्रुक्क भिजेका मैलिएका कपडा। काँधमा किलादाम्ला बोकेका केही बूढापाका मान्छेहरू यतिबेला सोलेडाँडा, देउराली, बागलुङ र पूर्वीरुकुमको सिमाना आसपासमा दैनिकजसो भेटिन्छन्। उनीहरू भेडीगोठाला हुन्। जेठ महिना लाग्नासाथ बेँसीबाट लेक चढेका उनीहरू अब असोज लागेपछि मात्रै गाउँ झर्छन्। ती ठाउँमा केही काठले त केही त्रिपालले बारेका […]