विश्व दूरसञ्चार तथा सूचना समाज दिवस: दूरसञ्चार सेवा भरपर्दो, विश्वसनीय र गुणस्तरीय बनाउन आवश्यक

आज (सोमबार) विश्व दूरसञ्चार तथा सूचना समाज दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपाल दूरसञ्चार प्राधिकरणले पनि भर्चुअल कार्यक्रम गरी विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइरहेको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेको सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवालाई भरपर्दाे, विश्वसनीय र गुणस्तरीय बनाउन आवश्यक रहेको बताएका छन्।

सम्बन्धित सामग्री

सूचना प्रविधि क्षेत्रको सेवाप्रवाह गुणस्तरीय बनाउनुपर्नेमा मन्त्री गुरुङको जोड

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड संकट समाधानमा केन्द्रित भएर दूरसञ्चार सेवा प्रवाहको कामलाई व्यवस्थित बनाउन सरोकार पक्षलाई आग्रह गर्नु भएको छ । ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ का अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आज आयोजना गरेको भर्चुअल बैठकमा उहाँले कोभिड संकट समाधानका लागि सञ्चार तथा सूचना प्रविधि क्षेत्रको सेवाप्रवाह भरपर्दो, जिम्मेवार, विश्वसनीय र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो ।           कोभिडबाट आफू सुरक्षित भएर दूरसञ्चार सेवा प्रवाहको काममा प्रतिबद्ध भइलाग्न पनि यस क्षेत्रमा कार्यरत व्यक्ति तथा संघसंस्थालाई उहाँले आह्वान गर्नुभयो । “सुरक्षित रहौं, स्वस्थ रहौं आफू सुरक्षित भई कोभिड संकटको सारथी बनेर दूरसञ्चार सेवाप्रदायकले आआफ्ना ठाउँबाट सेवा प्रवाहको कामलाई अघि बढाआँै, मन्त्री गुरुङले भन्नुभयो, “कोभिड संकट समाधानका लागि गरिने हरेक प्रयास मानवीय सेवा भएकाले यसमा शुद्ध मन, वचन र कर्मले लागौं ।”     दूरसञ्चार सेवालाई प्रभावकारी बनाउन सरकार ऐन, कानून, नीति, नियम परिमार्जन गरेर अघि बढ्न तयार रहेको जनाउँदै उहाँले त्यसका लागि आवश्यक सुझाव दिन पनि विज्ञलाई पटकपटक आग्रह गर्नुभयो ।

दूरसञ्चार ‘डिजिटल’ रूपान्तरण

अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) को आह्वानमा नेपाललगायत विश्वभरका १९३ सदस्य राष्ट्रमा आज मे १७ मा विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदै छ । विश्वमा दूरसञ्चार सेवा विकास, विस्तार, सञ्चालन र नियमनको प्रभावकारी व्यवस्था होस् भन्ने उद्देश्यले सन् १८६५ मे १७ मा अन्तर्राष्ट्रिय टेलिग्राम युनियन जन्म भएको थियो । उक्त संस्थाका संस्थापक राष्ट्रहरू २० मात्र थिए । सन् १९३२ मा स्पेनको म्याड्रिडमा भएको सम्मेलनले टेलिग्राम, टेलिफोन, आकाशवाणीसमेत समेट्नेगरी विधान पारित गरी यो संस्थाको नाम अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन (आईटीयू)मा परिवर्तन हुन गयो ।