नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले चुनाव अघि नै सत्ता गठबन्धन भत्काउने बताएका छन् । उनले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने सरकारको निर्णयको एमालेले स्वागत गरेको पनि बताए । चुनावको मिति घोषणापछि प्रतिक्रिया दिँदै एमाले उपाध्यक्ष नेम्वाङले रातोपाटीसँग भने, ‘हाम्रो र तपाईंहरुको दबाबका कारण सरकारले ढिलै भए पनि चुनावको मिति घोषणा गरेको छ । तोकिएको मितिमा निष्पक्ष चुनाव हुनुपर्छ ।’चुनाव घोषणा र निर्वाचन तयारीका विषयमा केन्द्रित रहेर उनीसँग रातोपाटीले संक्षिप्त कुराका