काठमाडौं, १९ चैत। शिक्षाविद् डा.राजकुमार ढुंगानाले कोभिड–१९ पछि बालबालिकामा मोबाइल प्रयोगको लत बढेका कारण उनीहरुमा मनोसामाजिक समस्या देखिएको बताएका छन्। महामारीको समयमा इन्टरनेटको प्रयोगबाट पठनपाठन सञ्चालन गर्ने गरिएको र त्यसयता सामाजिक सञ्जालको प्रयोगमा लत बस्दै गएकाले त्यसको नकारात्मक असर बालबालिकाहरुमा देखिन थालेको उनले जनाए। शिक्षाविद् ढुंगेलले विद्यालयस्तरबाटै राज्यले बालबालिकाकालाई मनोसामाजिक परामर्श सेवा दिनुपर्ने बताए।