काठमाडौं : धान रोपाइँका बेला किसानहरुले मलको अभाव झेलिरहँदा धादिङका किसानले भने २ ट्रक मल लुटेका छन्।शनिबार दिउँसो करिब १:३० बजे धादिङको धुनिवेशी नगरपालिकाको धार्के बजारमा भन्सार छली ल्याएको मल सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएर काठमाडौं ल्याउँदै गर्दा किसानहरुले कब्जा गरेका हुन्।प्रहरीका अनुसार राजस्व छलेर मल र सिमेन्ट लिएर आएको ट्रकलाई शुक्रबार राति धादिङको चरौँदीबाट नियन्त्रणमा लिएको थियो। त्यहाँबाट सशस्त्र प्रहरी बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेका बेला किसानहरुल