भैंसी महात्म्य

स्कुलमा गुरुले गाईको मात्र निबन्ध लेख्न लगाए । भैंसीको निबन्ध कहिल्यै लेख्न भनेनन् । दुवैले दूध दिने भए पनि समानताको सट्टा यसरी भेदभाव कसरी गर्न सकेका होलान् गुरुहरूले ? शदियौंदेखि हेपिएका भैंसी र राँगाको माहात्म्य प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि भने अकस्मात् पुनरावृत्त भएको छ । भैंसी र प्रचण्डको सम्बन्ध पनि गजबको छ भन्या ⁄ आफूलाई महान् नास्तिक भनाउने उनी कहिले भैंसी पूजा गर्छन् त कहिले भैंसीको लोग्ने राँगो दानमा थाप्छन् । सत्य युगमा गाईदान महादान थियो । तर अहिलेको युगमा भैंसीदान महादान भो । एउटै राँगाको मूल्यमा दर्जनौं गाई किन्न पुग्ने भएकाले अब गाईको सट्टा भैंसी महिमा नै गाउनुपर्‍यो नि होइन ? हरेक माहात्म्यको शुरूमा श्रीगणेशाय नमः भनेजस्तै महिष अर्थात् भैंसी माहात्म्यमा भने दातायै नमः भन्नुपर्छ । तीन÷तीनओटा प्रधानमन्त्रीको याचना सुनेर पुरुष भैंसी (राँगो) दिने महान् छिमेकीको गुणगान नगाई त यो माहात्म्य नै तयार हुँदैन । त्यसैले त कानून निर्माणको सर्वोच्च थलोमा पनि सबै काम छाडेर हिजोआज भैंसी माहात्म्य वाचन भइराछ । भन्ने नै हो भने हरेक हिसाबले गाईको जति महत्व छ, भैंसीको त्योभन्दा धेरै छ । कृषि र पशुपालनमा गाईभन्दा भैंसीकै योगदान बढी छ । पहाडतिर गोरु जोत्छन्, तराईतिर गाईपुत्र गोरु र भैंसीपुत्र राँगो दुवै । भैंसी चराउने त देशमा राष्ट्रपति नै भइसके । दूध पनि भैंसीले बढी दिन्छ । बढी छाला, मल भैंसीकै हुन्छ । हलो र गाडा तान्न पनि गोरुभन्दा राँगा नै बढी तगडा हुन्छन् । अझ नं १ प्रसिद्ध खाजा मम त भैंसी र राँगाको मात्रै बन्छ, गाईको थाहा छैन । तर, यति धेरै उपयोगिता भएको भैंसीलाई गाईको तुलनामा अपहेलना किन गरेका होलान् ?  भैंसीलाई हेप्नुको नि सीमा हुन्छ नि, ‘भैंसी लड्यो है माया भिरबाट हेर’ रे, मानौं गाई चाहिँ कहिल्यै लड्दैनन् । अनपढलाई गाली गर्न परे ‘काला अक्षर भैंसी बराबर’ रे । ‘अरूको आङको जुम्रा देख्ने, आफ्नो आङको भैंसी नदेख्ने’ उखान जोडिहाल्छन् । कुनै पटमूर्ख, बेकुफ, फोहोरी मानिस देख्यो कि प्याच्च आइहाल्छ, ‘कस्तो भैंसी जस्तो’ । अझ कोही मोटी महिला मन परेन भने ‘भैंसी’ रे । अब भो त ? यो त अति भो नि । तर यसपालि हाम्रा प्रधानमन्त्री भारत भ्रमणमा गएर आएपछि भने राँगाभैंसीको पनि महत्व र चर्चा बढेको छ है ⁄ हाम्रा प्रमलाई भारतीय प्रमले १५ ओटा मुर्रा राँगा दान गरे रे । भैंसीको धेरै महत्व भएरै त दिनेले दिए, लिनेले लिए । अब पहिला भैंसी र पछि राँगा किन भने, किन लिए भन्नेतिर चाहिँ ध्यान नदिएकै जात्ति । प्रचण्डजी पीतवस्त्रधारी भएपछि राँगो पनि भैंसी देखिएको हुन सक्छ । जे होस् भैंसीले प्रचण्डको प्रशंसा गर्नैपर्छ, जसका कारण पत्रपत्रिका, सामाजिक सञ्जाल, कोठाचोटा सबैतिर भैंसीको कुरा छाएको छ । मिडियामा भैंसीका फोटाले राम्रै स्थान पाएको छ । दक्षिणी छिमेकी पनि गज्जपकै छ भन्या । विमानस्थलका लागि हवाई रूट होस् या बंगलादेश बिजुली पठाउने बाटो चैं दिँदैन, आनाकानी गरिरहन्छ । तर भैसी चैं दिन्छ । भारतीय प्रमले गाईको साटो भैंसी दान किन गरे त भनेर एकथरीलाई टेन्सन भाको रहेछ । यसमा टेन्सन लिने कुरै छैन । दक्षिणका बडाकाजीले नेपाली जनताको सेन्टिमेन्ट क्यास गर्न भैंसी दान गरे वा नेपालमा भैंसीको मम लोकप्रिय छ भन्ने थाहा पाए, उनै जानुन् । तर जोसुकैले जेसुकै भनुन् चाहे ममका लागि होस् वा प्रमका लागि नेपाललाई यो भैंसी नामक चारखुट्टे अति आवश्यक छन् । उसले नदिए पनि बुढाखाडा राँगा र भैंसी त रातारात बोर्डर काटेर नेपाल आइहाल्छन् क्यारे । अहिले बलिया आउन आँटे, फरक त्यति मात्रै हो । तर यता कतिपय दुईखुट्टे चारखुट्टे विद्वान्, विश्लेषकहरू नागरिकता विधेयकले दक्षिणका नागरिकलाई नागरिकता दिने भयो भनेर रोइलो गर्न थालेका छन् । अब लोकल भैंसीका लागि राँगासमेत उतैबाट आउने भएपछि मान्छे त यसै पनि आइहाल्छन् नि । बरु रैथाने राँगाहरूलाई बढी पीर पर्नु स्वाभाविक छ । आफ्नी प्यारी भैंसीलाई जबरजस्ती मुर्रा राँगाको जिम्मा लगाएको देख्दा उनीहरूको मन कति कुँडिएको होला ? अझ, आफूलाई वनको स्याउलासोत्तर अनि मुर्रालाई भने खाद्य उद्योगका रेडिमेड दानापानी । यस्तो भेदभाव देख्दा मन कति कटक्क काटेको होला ⁄अनादिकालदेखि नेपालीलाई दूध खुवाउने, हलो जोत्ने, गाडा तान्ने स्थानीय राँगा भैंसीको गुन चटक्क बिर्सेर मुर्रा राँगाका पछि लाग्ने मानिस कत्ति बैगुनी भन्दै होलान् तिनले । कति टुहुराहरू यिनै रैथाने भैंसीका दूध खाएर बाँचे, कति लालाबालाहरू यिनकै दूधले बलियाबांगा भए । उहिले यही भैंसीको घ्युले नेपालको अर्थतन्त्र चल्थ्यो । अहिले के तन्त्र चलाउन यसो गरेका होलान् कुन्नि ? र्को कुरा, गाईको गहुँत, गोबर जम्मै चोखो हुने भैंसीको चोखो नहुने किन ? नेपालको संविधानको धारा १८ मा समानताको अधिकारको कुरो छ । धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्धको हकको प्रत्याभूति छ । राँगाभैंसीहरूलाई यो अधिकार खै त ? संविधान त सबैका लागि समान हुनुपर्ने हैन र ? मान्छेलाई त भएन भएन, तर कमसेकम जनावरलाई त होस् समानताको अधिकार । संविधान बनाउने, नियमकानून बनाउने संसद्मा पनि रैथाने राँगाका बारेमा चैं कसैले पनि छलफल समेत नगर्ने ? उस्तै दूध दिने गाईलाई माता भनेर पूजा गर्ने, अनि भैंसीलाई चाहिँ बलि दिने ? गोरुले भन्दा दुई गुना बढी भारी बोक्ने राँगालाई हेला गर्ने ? तराईतिर भैंसा–गाडा चलाउँदा पहाडतिर राँगा–गाडा चलाउन नहुने ? नियम भनेको सबैमा समान रूपमा लागू हुनुपर्छ भन्ने प्राकृतिक न्यायको सिद्धान्त छ, हैन र ? तर यो कुरा राँगा भैंसीमा लागू भएको छैन त । किन ? दूध खानेको मासु खानु हुँदैन भनेर शास्त्रमा कह्याको छ । तर दूध खाने अनि काटेर खाने ‘ड्र्याकोनियन’ कानून भैंसीमाथि लादिएको छ । यत्रो विभेद हुँदा पनि  जनावरवादीहरू भने अहिलेसम्म चुँक्क बोलेका सुनिएका छैनन् बा ⁄ कतै ती पनि गुपचुपमै भैंसी पूजा गर्नतिर लागे कि क्या हो हँ ?

सम्बन्धित सामग्री

सापारुमा ‘मुर्रा भैंसी’ डोर्‍याउँदै प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालको आकृति अंकित मास्कले मुहार छोपेर भैंसी डोर्‍याउँदै गरेको दृश्य धेरैले चाख मानेर नियाले। प्रधानमन्त्री भएपछि आफ्नो पहिलो भ्रमणका क्रममा मुलुकका जल्दाबल्दा समस्याको समाधानमा ध्यान नदिएर मुर्रा भैंसी उपहार ल्याएको व्यंग्य त्यसमा...

भैंसी संरक्षण गर्न सांसदहरूकाे माग

प्रदेश १ को प्रदेशसभामा भैंसी लोपहुन लागेकाले संरक्षण गर्न सांसदले माग गरेका छन्। प्रदेश १ को विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलकाक्रममा सांसद नारायण बुर्जा मगरले भैंसी लोपहुन लागेका कारण संरक्षण गर्न सरकारसँग माग गरेका हुन्।...

भैंसी अनुदानमा यसरी ठगिए किसान

दैलेख, फागुन ९ । आठविस नगरपालिका–४ की देवीसरा माझी नगरपालिकाबाट मुर्रा जातको भैंसी पाउने भएपछि ६० हजारमा घरको रैथाने जातको भैंसी बेचिन् । मुर्रा जातको भैसीले दिनको तीनपटक १० लिटर दूध दिने नगरपालिकाबाट अनुदान पाउने भैंसी रहेको आशले घरमा पालेको भैंसी बेचिकी हुन् । नगरपालिकाले भनेअनुसार माझीले ३५ हजार रुपैयाँ जम्मा गरिन् । चिट्ठा हालेर […]

भैंसी अनुदानमा ठगिए किसान

दैलेख ।आठविस नगरपालिका–४ की देवीसरा माझी नगरपालिकाबाट मुर्रा जातको भैंसी पाउने भएपछि ६० हजारमा घरको रैथाने जातको भैंसी बेचिन् । मुर्रा जातको भैसीले दिनको तीनपटक १० लिटर दूध दिने नगरपालिकाबाट अनुदान पाउने भैंसी रहेको आशले घरमा पालेको भैंसी बेचिकी हुन् । नगरपालिकाले भनेअनुसार माझीले ३५ हजार रुपैयाँ जम्मा गरिन् । चिट्ठा हालेर कृषक छनोट गरियो […] The post भैंसी अनुदानमा ठगिए किसान appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपालमै पहिलो पटक भैंसी सम्मेलन हुँदै

नेपालमा लिमे, पारकोटे, गड्डी, तराई जात र मुर्रा प्रजातिका भैंसी छन् । पछिल्लो समय हाइब्रिडसमेत बनाएर भैंसी पालन हुँदै आएको छ ।

चट्याङ लागेर लमजुङमा पाँच भैंसी मरे

लमजुङ- लमजुङको क्व्होलासोंथर गाउँपालिका-४ भुजुङको लेक स्यालुमा चट्याङ लागेर पाँच वटा लैनो भैंसी मरेका छन् । चरनक्षेत्रमा पानी परेपछि ओत लाग्न रुखमुनि रहेका बेला चट्याङ खस्दा भैंसी मरेका किसान रुनबहादुर गुरुङले बताए । सोमबार साँझ करिब ५ बजे परेको चट्याङले आफ्नो मात्रै ३ वटा भैंसी मरेका उनले बताए । बाँकी भैंसी वीरबहादुर गुरुङ (इना) का […]

चन्दननाथका किसानलाई भैंसी र बाख्रा वितरण

जुम्लाको चन्दनाथ नगरपालिकाले व्यावसायिक किसानलाई दुहुना भैंसी र उन्नत जातका बाख्रा वितरण गरेको छ । व्यवसाय प्रर्बद्धनसँगै आयआर्जन वृद्धि गरी किसानको जीविकोपार्जनमा सुधार ल्याउने लक्ष्यका साथ चन्दननाथले किसानलाई अनुदानमा भैंसी र उन्नत बाख्रा वितरण गरेको हो ।चन्दननाथ नगरपालिकाका वडा नं.३,८ र ९ का किसानलाई गाउँमै पुगेर भैंसी, राँगा र उन्नत जातका बाख्रा वितरण गरिएको मेयर […]

मध्यनेपाल नगरपालिकाद्वारा भैंसी वितरण

लमजुङको मध्यनेपाल नगरपालिकाले पालिकाभित्र व्यावसायिक दूध उत्पादन प्रवद्र्धन गर्न कृषकहरुलाई भैंसी वितरण गरेको छ । नगरपालिकाले लागत साझेदारीमा तय गरेको भैंसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषि सहकारी तथा समूहलाई भैंसी वितरण गरेको हो । नगरपालिकाले वडा नम्वर ४ र ६ का किसान आवद्ध सहकारी तथा समूहलाई ३२ वटा माउ भैंसी वितरण गरेको हो । कार्यक्रमअन्तर्गत मध्यनेपाल–४, साविक […]

दुई सय भैंसी, छ सय बाख्रा वितरण

रुकुम पूर्व : रुकुम पश्चिमका पाँच स्थानीय तहले भैंसी, बाख्रा र बोका वितरण गरेका छन्। मुसीकोट नगरपालिका, आठबीसकोट नगरपालिका, बाँफीकोट गाउँपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा भैंसी र बाख्रा वितरण गरेको हो।पशु सेवा अस्पताल तथा पशु सेवा कार्यालयले सम्बन्धित स्थानीय तहको समन्वय र किसानको पनि लागत सहभागितामा भैंसी तथा बाख्रा वितरण गरिरहेको हो। कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ५० पाडापाडीसहित २०० भैंसी, ६०० बाख्रा र १२ बोका वितरण गर्ने कार्यक्रम रहेकोमा अधिकांश वितरण भइसकेका छन्। के

महामारीको बेला भैंसी चोरी गर्ने पक्राउ

।मन्सुरीले इनरुवा नगरपालिका वडा नं. ९ बविया बस्ने रामरुप खत्वेको घरमा बाँधी राखेको चौपाया (भैंसी) चोरी गरेका हुन्। भैंसी चोरेको जानकारी प्रहरीलाई हुनासाथ गएको टोलीले भोक्राहा(नरसिंह वडा नं. ६ सुकसेना नहरछेउबाट पक्राउ गरेको हो।...