तातोपानी गाउँपालिका–४ स्थित नेत्रज्योति माध्यमिक विद्यालय हाँकुका शिक्षकहरू अहिले ल्यापटपमा पाठ्ययोजना बनाउँछन् । उनीहरूले दैनिकजसो विद्यालय जाँदा पावर प्वाइन्टमै पाठ्यसामग्री लैजान्छन् । ‘प्रोजेक्टरबाट पढाउँदा विद्यार्थीले चाख मानेर सुन्छन् र पावर प्वाइन्टका विषयवस्तु हेर्छन्,’ शिक्षक वीरेन्द्र बटालाले भने, ‘हामीले पनि रमाएरै पढाउन पाएका छौं, शैक्षिक गुणस्तर बढेको छ ।’