मनाङको नार आसपास केन्द्रबिन्दु भएर मंगलबार राति भूकम्प गएको छ । राति ९ बजेर ५९ मिनेट जाँदा ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।भुकम्पको धक्का महसुस मनाङ र आसपासका जिल्लामा गरिएको छ । हालसम्म भूकम्पबाट कुनै भौतिक र मानवीय क्षतिको विवरण छैन ।