आन्तरिक उडान बढ्ने : ९० प्रतिशत अकुपेन्सी

काठमाडौं । कोभिड–१९ महामारीबीच स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर असोज ५ देखि सञ्चालनमा आएको मुलुकको आन्तरिक

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रतिनिधि सभामा बजेटमाथिको सैद्धान्तिक छलफल जारी रहेको छ। प्रतिनिधि सभाको कार्यव्यवस्था समिति र संसदीय समितिमा सदस्यहरूको हेरफेर गरिएको छ। स्थानीय निर्वाचनमा धाँधली र राज्यशक्तिको दुरुपयोग भएको लोसपाले आरोप लगाएको छ। अबदेखि मौसम सफा नभए आन्तरिक उडान गर्न नपाइने भएको छ। नेप्स परिसूचक ३५.५३ अंकले घटेको छ। रुसबाट ९० प्रतिशत तेल आयात रोक्न युरोपेली युनियन सहमत भएको छ।

बढ्यो आन्तरिक उडान

पर्यटकीय सिजन र निर्वाचनका कारण अहिले आन्तरिकतर्फको उडान कोरोना महामारीपूर्वकै अवस्थामा पुगको छ । आन्तरिक र बाह्य पर्यटकको बाक्लो आउजाउसँगै निर्वाचनको चहलपहलले आन्तरिक उडानको अकुपेन्सी ९० प्रतिशत नाघेको छ ।

सबै गन्तव्यमा नियमित भए आन्तरिक उडान : ९० % भन्दा बढी सिट भरियो

असार १७, काठमाडौं । कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मुलुकका सबैजसो गन्तव्यमा आन्तरिक नियमित उडान सञ्चालन भएको छ । ५८ दिनपछि शुरु भएको आन्तरिक उडानको पहिलो दिन बिहीवार ९० प्रतिशत भन्दामाथि सिट भरेर जहाज उडेको कम्पनीहरुले जानकारी दिएका छन् ।  आन्तरिक उडानको पहिलो दिन सिमरा, विराटनगर, भद्रपुरजस्ता विमानस्थलबाट काठमाडौं आउने जहाजहरुको सिट भरिभराउ भएपनि काठमाडौंबाट बाहिरिने जहाजमा भने केही कम यात्रु रहेका छन् । जहाजमा औसतमा ९० प्रतिशत यात्रु भरिएको जानकारी दिइएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आजदेखि शुरु भएको नियमित आन्तरिक उडानलाई संक्रमणरहित बनाउन विमानस्थल तथा एयरलाइन्सले विशेष स्वास्थ्य सावधानी अपनाएर सेवा सञ्चालन गरेका हुन् । आजका लागि ५९ उडान निर्धारण गरिएको थियो । काठमाडौं उपत्यकामा बिहानैदेखि निरन्तर वर्षा र बदली कायमै रहे पनि निर्वाधरूपमा उडान भएको विमानस्थलले जानकारी दिएको छ । आज साना ट्वीनअटर जहाजबाहेक अरु जहाजको सम्पूर्ण गन्तव्यको उडान भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए ।  विमानस्थलले आन्तरिक उडानमा यात्रुको भीडभाड कम गर्न तथा वर्षात्को समयलाई समेत ध्यानमा राखी आन्तरिक टर्मिनल भवनको आगमन क्षेत्रमा थप ‘अस्थायी ब्यागेज क्लेम एरिया’ व्यवस्था मिलाएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि आजदेखि कुल उडान संख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिएको छ । रासस

खुलेको पहिलो दिन ५१ वटा उडान, ९० प्रतिशत सिट भरियो

काठमाडौं : कोरोनाको दोस्रो लहरसँगै सरकारले गरेको निषेधाज्ञापछि बन्द भएको आन्तरिक उडान खुलेको पहिलो दिन ५१ वटा उडान भएका छन्। ५८ दिनपछि सुरु भएको उडान पहिलो ५१ वटा उडान भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ। ५९ वटा उडान गर्ने भनिएकोमा प्रतिकूल मौसमका कारण ८ वटा उडान हुन नसकेको नागरिक प्राधिकरणले जनाएको छ।निषेधाज्ञाअघि गत वैशाखमा दैनिक १ सय ३० आन्तरिक उडान हुँदै आएको थियो। निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक उडान खुला गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।सबै स्वास्थ्य मापदण