नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुनै पनि कुरालाई ‘बटमलाइन’ नभनेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सहमति र समझदारीबाट नै अघि बढ्ने पार्टीको कुरा रहेको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “समझदारीबाट जिम्मेवारी आयो भने लिने हुन्छ । समझदारीबाट अरुनै हुन पनि सक्छ …