कोरोना महामारीअघिसम्म रोजगारीका लागि बर्सेनि चिनियाँ बजार ताक्लाकोट जाने गरेका हुम्ला नाम्खा गाउँपालिका–३ का छिरिङभुर्तेल लामा त्यसपछि लामो समय घरमै रहे । गाउँमा रोजगारीको भरपर्दो माध्यम नहुँदा उनी झन्डै ११ वर्षदेखि ताक्लाकोट जाने गरेका थिए । तर, कोरोना महामारीका कारण हिल्सा नाका बन्द भएपछि लामाको ताक्लाकोट जाने बाटो पनि बन्द भयो ।