शान्तिपूर्ण निर्वाचन गतिविधि गर्ने राजनीतिक दलबीच सहमति

जिल्लाका राजनीतिकदलबीच स्वच्छ प्रतिष्पर्धा गर्दै शान्तिपूर्ण रुपमा निर्वाचन सम्बन्धि गतिविधि सञ्चालन गर्ने सहमति भएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा दलहरुबस्च आपसी सौदार्यपूर्ण सम्बन्ध कायम गरी शान्तिपूर्ण रुपमा निर्वाचन कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो ।

सम्बन्धित सामग्री

छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्ण : निर्वाचन आयोग

काठमाडौं। निर्वाचन आयोगले मतदानका क्रममा छिटफुट घटनाबाहेक देशभर निर्वाचन शान्तिपूर्ण रहेको जनाएको छ । आइतबार जारी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा  अपरान्ह १२ः४५ बजेसम्म झण्डै ३२ प्रतिशत मतदान भएको आयोगले जानकारी दिएको छ । सामान्य विवादका कारण रोकिएका मतदान केन्द्रमा पुनः सुचारु भइसकेको केहीमा मतदान कार्य सुचारु गर्न राजनीतिक दल एवं उम्मेदवाहरूबीच छलफल भइरहेको आयोगका प्रवक्ता शालिग्राम […]

मतदानका दिन नियोकले ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने

काठमाडौँ । स्थानीय तह निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले राष्ट्रियस्तरमा ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने भएको छ ।      मतदानका दिन स्थलगत रूपमा खटिएका पर्यवेक्षकसँग नियमित एवं प्रत्यक्ष सम्पर्क स्थापना गरी सूचना संकलन र सम्प्रेषणलाई जीवन्त एवं विश्वसनीय बनाउन सेन्टर स्थापना गर्न लागिएको नियोकका अध्यक्ष प्रा. कपिल श्रेष्ठले जानकारी दिए ।      कल सेन्टर सञ्चालनमा प्राविधिक विज्ञ तथा तालिम प्राप्त सूचना संकलक गरी ६० देखि ६५ जनाको जनशक्ति व्यवस्था गरिने पनि नियोकले जानकारी दिएको छ । मतदानस्थलमा कुनै अप्रिय घटना भएमा सोको विवरण कल सेन्टरमा राखिएका दुईवटा नम्बरमा जानकारी गराउने व्यवस्था मिलाइएको छ । यसका लागि नियोकले ९८००८३४१४७ र ९८४१४५५५०४ गरी दुई वटा हटलाइन नम्बर उपलब्ध गराएको नियोकका महासचिव देविकानन्द तिमल्सिनाले बताए । दुवै नम्बर वैशाख ३० गते निर्वाचनका दिन २४ सै घण्टा खुला रहने छ ।      नयाँबानेश्वरको अल्फा हाउसमा सञ्चालन गरिने कल सेन्टरमा सञ्चारकर्मीका लागि मिडिया सेन्टर पनि स्थापना गरिने भएको छ । मिडिया सेन्टरमा बिहान १०:३०, अपराह्न २:३० र साँझ ७:३० बजे पर्यवेक्षणसम्बन्धी जानकारी दिन पत्रकार सम्मेलनको आयोजनासमेत गरिने भएको छ ।       स्वतन्त्र, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण निर्वाचन नै लोकतन्त्रको आधारशीला भएकाले स्थानीय तहको निर्वाचन इमान्दारी, जिम्मेवारी र जवाफदेहीरूपमा सम्पन्न गराउन नियोकले निर्वाचन आयोग, सरकार, राजनीतिक दल, उम्मेदवारलगायत सरोकार भएका सबैमा आह्वान गरेको छ ।      नियोकले सात प्रदेशका ७७ वटै जिल्लामा एक हजार ३०० पर्यवेक्षक खटाउने भएको छ । पर्यवेक्षकका लागि प्रशिक्षण र परिचयपत्र उपलब्ध गराउनेलगायत तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष श्रेष्ठले बताए ।      नियोकले मंगलवार राति १२ बजेदेखि शुरू भएको मौन अवधिको पनि पर्यवेक्षण देशभर भइरहेको बताएको छ । निर्वाचनसम्बन्धी अन्य क्रियाकलापको पनि पर्यवेक्षकले सूक्ष्म रूपमा पर्यवेक्षण एवं विश्लेषण गरिरहेको बताइएको छ । रासस

भरतपुर १९ मा शान्तिपूर्ण निर्वाचन गर्न दलहरुबीच सहमति, बुधबारबाट मौन अवधि

चितवन : भरतपुर १९ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न गर्न जिल्लाका राजनीतिक दलहरु एकबद्ध भएका छन्। साउन २० गते यहाँ पुन मतदान हुँदैछ।  भरतपुर वडा नम्बर १९ मा पुन मतदानका लागि मिति तयगर्न आज बसेको सर्वदलिय बैठकमा यस्तो सहमति भएको हो। नेकपा एमालेका अध्यक्ष तथा सांसद् कृष्णभक्त पोखरेलले राजनीतिक तिक्तता नगरी शान्त...