काठमाडौंमा आजबाट कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप लगाइने

काठमाडौं, साउन ३ । काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई आजबाट कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप लगाईदैछ। आजबाट ६ गतेसम्म बुस्टर खोप अभियान सञ्चालन हुनेछ । जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौंका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन […]

सम्बन्धित सामग्री

खोप लगाएको ३ महीना पूरा भएपछि पनि बुस्टर खोप लगाउन मिल्छ : स्वास्थ्य मन्त्रालय

वैशाख १०, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप तीन महीना पूरा भएपछि पुन : बुस्टर खोप लगाउने भएको छ ।             यसअघि पूर्ण मात्रा खोप लगाएको ६ महीना पूरा भएकालाई मात्र बुस्टर खोप लगाउने मिल्ने भएता पनि अबदेखि पूर्ण मात्रा खोप लगाएको तीन महीना पूरा गरेकालाई बुस्टर खोप दिन थालिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । पछिल्लो अध्ययनले पूर्ण खोप लगाइएको तीन महीना पूरा भएकालाई पनि बुस्टर खोप लगाउने मिल्ने देखिएको हो । मन्त्रालयले १८ वर्षदेखि माथिका उमेर समूहलाई पूर्ण खोप लगाएको तीन महीना पूरा भएकालाई बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको छ ।

सर्लाहीमा अझै पुगेन 'बुस्टर’ डोज खोप !

सरकारले मुलुकभर माघ २ गतेबाट कोरोना भाइरस (कोभिड–१९)विरुद्धको 'बुस्टर’  मात्रा  खोप  लगाउन  शुरू गरे  पनि  सर्लाहीमा  भने  उक्त  खोप  अझैसम्म आइपुगेको छैन । जिल्ला  स्वास्थ्य  कार्यालय  तथा  जिल्ला  अस्पताल  मलङ्गवाका  प्रमुख  डा.  नवलकिशोर  झाले  'बुस्टर’  मात्रा  खोप  सर्लाहीमा  आई  नसकेको  बताए । प्रदेशबाट  आउनुपर्ने  खोपहरू  अहिल...