किसानलाई दूधमा प्रतिलिटर २० रुपैयाँ अनुदान दिने घोषणा

बागलुङको ढोरपाटन नगरपालिकामा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवारले किसानलाई दूधमा प्रतिलिटर २० रुपैयाँ अनुदान दिने घोषणा गरेका छन् । गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का प्रदेश सदस्य चन्द्र अर्यालले आफू मेयर भएमा स्थानीय उत्पादनमा अनुदान दिने घोषणा गरेका हुन् । ‘प्रवृत्ति र पात्र फेर्ने सुनौलो अवसर, सक्षम पारदर्शी र भ्रष्टाचारमुक्त नगर सरकार’ भन्ने मूल नारा लिएर उनी चुनावी प्रचारप्रसारमा होमिएका छन् ।  मेयरका प्रत्यासी अर्यालले आफूसँग स्पष्ट भिजन भएको

सम्बन्धित सामग्री

विदेश पलायन रोक्न दूधमा अनुदान

गल्याङ (स्याङ्जा), १ चैत । किसानलाई पशुपालनमा आकर्षित गर्ने उद्देश्यले स्याङ्जाको वालिङ नगरपालिकाले दूधमा प्रतिलिटर १० अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटमार्फत ‘दूधमा आत्मनिर्भर तथा गाईभैँसी प्रवर्द्धन कार्यक्रम’अन्तर्गत नगरपालिकाले दूधमा अनुदान दिने भएको हो । नगरपालिकाका प्रमुख कृष्ण खाणले अकला नमूना कृषि सहकारी संस्थासँगको सहकार्यमा योजना सम्झौता गरी कार्यक्रम सञ्चालन […]

१० हजार किसानलाई दूधमा अनुदान दिँदै भरतपुर महानगर

भरतपुर महानगरपालिकाले महानगरभित्रका पशुपालक १० हजार किसानलाई दूधमा अनुदान दिने भएको छ ।

बागमती प्रदेशले चितवनका तीन स्थानीय तहलाई दूधमा अनुदान नदिने

बागमती प्रदेश सरकारले तीन स्थानीय तहका किसानलाई दूधमा दिँदै आएको अनुदान यस वर्ष नदिने भएको छ । प्रदेशले दोहोरो सुविधा देखिएकाले चितवनका भरतपुर महानगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकाका ७० सहकारीमा...

कोशी प्रदेशका किसानलाई दूधमा अनुदान दिइँदै

विराटनगर : कोशी प्रदेशमा दूध उत्पादन गर्ने ६ जिल्लाका किसानलाई प्रदेश सरकारले प्रतिलिटर २ रूपैयाँका दरले अनुदान दिने भएको छ।ग्रामीण क्षेत्रमा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा १२ करोड ५० लाख रूपैयाँ रकम अनुदानका लागि विनियोजन गरेको छ।प्रदेशका झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा र इलामका चिस्यान केन्द्र, डेरी तथा सहकारीका माध्यमबाट किसानलाई अनुदान दिइने पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय कोशीका सूचना अधिकारी डा वि

दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान

सिन्धुपाल्चोक- इन्द्रावती गाउँपालिकाले किसानलाई कृषिमा आत्मनिर्भर बनाउन दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने भएको छ । उत्पादित दूध सहकारीमार्फत बिक्री गर्ने किसानलाई गाउँपालिकाले अनुदान दिने भएको हो ।“गाउँपालिकाको १०औँ अधिवेशनले पालिकाको कृषिउपज संकलन, प्रशोधन, बिक्री केन्द्र सञ्चालन र व्यवस्थापनका साथै दूधमा अनुदान उपलब्ध गराउने कार्यविधि पारित गरेको छ’’ अध्यक्ष वंशलाल तामाङले भने, “कार्यविधि स्वीकृत भएसँगै […]

दूध किसानलाई गाउँपालिकाले प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने

सिन्धुपाल्चोक– इन्द्रावती गाउँपालिकाले किसानलाई कृषिमा आत्मनिर्भर बनाउन दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने भएको छ । उत्पादित दूध सहकारीमार्फत बिक्री गर्ने किसानलाई गाउँपालिकाले अनुदान दिने भएको हो । “गाउँपालिकाको १०औँ अधिवेशनले पालिकाको कृषिउपज सङ्कलन, प्रशोधन, बिक्री केन्द्र सञ्चालन र व्यवस्थापनका साथै दूधमा अनुदान उपलब्ध गराउने कार्यविधि पारित गरेको छ,’’ अध्यक्ष वंशलाल तामाङले भने, “कार्यविधि स्वीकृत […]

लैनो भैंसीपालन गर्ने किसानलाई ४० हजार रुपैयाँ अनुदान

लैनो भैंसीपालन गरी दूध उत्पादन गर्ने किसानलाई पाल्पाको तानसेन नगरपालिकाले अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले किसानलाई ४० हजार रुपैयाँ अनुदान उपलब्ध गराएको हो ।  व्यावसायिकरूपमा भैंसीपालन गरी दूधमा आत्मनिर्भर बनाउन किसानलाई अनुदान प्रदान गरिएको तानसेनका नगर प्रमुख अशोककुमार शाहीले बताए । लैनो भैंसीपालन गरिरहेका किसानलाई यो सुविधा पाउन थप एउटा लैनो भैंसीपालन गरी २ वटा पुर्‍याउनुपर्नेछ । किसानलाई व्यावसायिक बनाउने र पशुपालनका माध्यमबाट ग्रामीण क्षेत्रमा बसी प्रशस्त आम्दानी गर्ने बानीको विकासका नि...

दूध उत्पादक किसानलाई अनुदान

कावासोती नगरपालिकाले दुग्ध उत्पादन गर्ने किसानलाई अनुदान दिएको छ । दूधमा अनुदानस्वरूप गत आर्थिक वर्ष २८ लाख १७ हजार ८९३ रुपैयाँ प्रदान गरिएको हो ।  दूधको उत्पादन बढाउने र किसानलाई प्रोत्साहन गर्ने गर्ने उद्देश्यले दूधमा प्रतिलिटर १.२५ रुपैयाँका दरले अनुदान प्रदान गरिँदै आएको नगरपालिकाका कृषि तथा पशु विकास शाखा प्रमुख डा. टेकराज पौडेलले बताए । जनकल्याण दुग्ध विकास सहकारी संस्था, साना किसान कृषि सहकारी संस्था, शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी संस्था र एकीकृत दुग्ध विकास सहकारी संस्थामार्फत नगरपालिका भित्र...

भरतपुर महानगरपालिकाद्वारा दूधमा अनुदान : किसान पशुपालनतर्फ आकर्षित

भरतपुर महानगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर रु तीन अनुदान दिने भएको छ । विगत दुई वर्षदेखि प्रतिलिटर दूधमा रु एक अनुदान दिँदै आएको महानगरपालिकाले चालू आर्थिक वर्षमा प्रतिलिटर रु दुई बढाएको हो ।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार दूधको गुणस्तर र उत्पादन वृद्धि गरेर किसानलाई प्रत्यक्ष लाभ पु¥याउने उद्देश्यले अनुदान रुकममा वृद्धि गरिएको हो । यसबाट किसान प्रत्यक्ष रुपमा लाभान्वित हुँदै उत्पादन बढ्ने महानगरपालिकाको लक्ष्य छ । किसानको समस्यालाई बुझेर लाभ पु¥याउने उद्देश्यले क

कर्णालीका किसानलाई दूधमा ३ देखि १० रुपैयाँसम्म अनुदान

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा दूधमा अनुदान दिने भएको छ । कर्णाली प्रदेशले ​किसानले उत्पादनको गरेको दूधमा अनुदान दिने भएको हो