रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ स्थित शिवनगर जंगलमा श्रीमान् श्रीमती मृताअवस्थामा फेला परेका छन् ।बुटवल ११ स्थित देविनगर बस्ने ६० वर्षीय काजीमान श्रेष्ठ र उनकै श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ मृतावस्थामा फेला परेका प्रहरीले जनाएका छ । जंगलमा शव सुकिसकेको अवस्थामा स्थानीयहरुले फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बुटवल प्रमुख ठगबहादुर केसीले घरेदेखि बेपत्ता भएको एक महिनापछि जंगलमा मृताअवस्थामा फेला परेको जानकारी दिए ।